Sunday, September 20

‘शत्रु गते’ हेर्ने दर्शकको भिड देखेर रोइन् आँचल, पल भए भावुक (भिडियो)

शुक्रवार सिनेमा हलमा एक मात्र नयाँ चलचित्र रिलिज भएको छ । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रुगते’ आजबाट प्रदर्शनमा आएको छ । मल्टिप्लेसमा राम्रो सो पाएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रको बिहानी सो अधिंकास हाउसफुल रहेको छ । वितरक गोपाल कायस्थले दिएका जानकारी अनुसार काठमाडौँको गोपिकृष्ण, अष्टनारायण र मल्टिप्लेसका प्राय सोहरू भरिएको जानकारी दिए ।

हरिवंश आचार्यको कथा रहेको चलचित्रमा निर्देशक भट्टराई र दिपकराज गिरीको पटकथा रहेको छ ।चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । सोलो रिलिज पाएको चलचित्रले चलचित्र बजारमा निकै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
भिडियो हेर्नूहोस