Wednesday, August 4

सार्वजनिक यातायात तत्काल सञ्चालन नगरिने । निषेधाज्ञा एक साता थप गर्ने तयारी..

2021-06-27 194

काठमाडौं। बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो पारिए पनि को’रोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।

आइतबार बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई क’डाइ र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।

उनका अनुसार उपत्यकामा को’रोना संक्रमण दर घटिनसकेको र अहिल्यै निषेधाज्ञा खोलिए अवस्था भ’यवह हुन सक्ने र थप एक साता भने नि’षेधाज्ञा थप गर्ने अनौपचारिक निर्णय भएको छ । आइतबार तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने पनि उनले बताए ।

अहिले निजी सवारीमा जोर/बिजोर प्रणालीअन्तर्गत साधन चलिरहेका छन् तर, सार्वजनिक यातायात भने ब’न्देज अवस्थामा छन् । यस विषयमा सार्वजनिक यातायात सञ्चालन गर्न आफूहरुलाई दिनहुँ यातायात व्यवसायीको माग आइरहेको पनि उनले बताए उनका अनुसार सार्वजनिक यातायात सञ्चालनबारे तत्काल खुला गर्ने तीनै जिल्लाको योजना छैन ।-इ-सिधाकुराबाट/तस्विर गुगल

प्रतिकृया दिनुहोस्