Tuesday, October 27

चार मन्त्रीलाई लिएर अचानक सैनिक हेडक्वार्टर किन पुगे प्रधानमन्त्री ओली ?

काठडमौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चार मन्त्रीसहित सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार कार्यालय समयपछि रक्षामन्त्री ईश्वर पोखरे, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा. युवराज खतिवडासहित जंगी अड्डाको निरीक्षण गरका हुन् । यसअघिका प्रधानमन्त्रीले विभागीय रक्षा मन्त्री बाहेक अन्यलाई लिएर बिरलै जंगी अड्डाको भ्रमण गरेको इतिहास छ ।

नेपाली सेना विकास निर्माण, उत्पादन, प्रत्यक्ष सुरक्षा तथा रक्षा र कुटनीतिक सम्बन्ध बिस्तारमा सक्रिय रहेका बेला प्रधानमन्त्री ओलीले चार मन्त्रीलाई साथमा राखेर  सेनालाई निर्देशन दिए । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डरीले सैनिक मुख्यालयमा प्रधानमन्त्रीको निरीक्षण भ्रमण औपचारिक रहेको बताए । उनले यसअघिका प्रधानमन्त्रीसँगै विभागीय मन्त्री रहेपनि सैनिक कामकारवाहीमा जोडिएका मन्य मन्त्रालयबाट प्रतिनिधित्व नरहने गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रमकै दौरान सम्बन्धित विभागका रथीहरुले वर्तमान वस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, आन्तरीक सुरक्षा, कल्याणकारी कार्यहरु र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गगरेका थिए । प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेनाका गतिविधी र योजनाको जानकारी सहितको प्रस्तुती गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । ओलीले नेपाली सेनालाई राज्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौतीहरु पनि सामना गर्न सक्ने गरी तयार रहन निर्देशन दिए ।-दैनिकनेपालबाट।