Wednesday, September 30

‘कामचोर सिस्टमलाई पहिला सुधारौं, युवाहरुलाई विदेश जानबाट रोकौं र गएका विज्ञहरुलाई फिर्ता बोलाऔं’

यो मुलुकमा स्थानीय प्रतिनिधीदेखि प्रधानमन्त्रीसम्मलाई देशमा रेल नै ल्याउनु छ । मोनोरेल, मेट्रो रेल, पुर्व पश्चिम रेल, चिनको रेल, भारतको रेल ।

विकास भनेकै रेल हो जस्तो गरी सबका सब किन रेलकै पछि लागेका हुन् बुझ्न गाह्रो भयो । देशमा रेल ल्याउँछु भनेको कुरालाई गफ भन्न चाहेको होइन ।

आजको जमानामा सिंगो मुलुकले जाबो एउटा रेल पनि बनाउन नसक्ने कुरै आउँदैन । केही महिना अघिको कुरा हो चाइनाको ननलङग रेलवे स्टेशन १५ सय जना मिलेर ९ घण्टामा बनाए ।

साँझ ६ः३० मा शुरुभएको काम विहान ३ः३० मा सकियो । औजार, उपकरण, जनशक्ति भएर मात्र होइन इच्छा शक्ति पनि चाहिन्छ । सिस्टम नै भद्रगोल भएको हाम्रो जस्तो मुलुकमा ठ्याक्कै यति बर्षमा रेल नै चाहिन्छ भन्ने छैन ।

ल ६ महिनामा रेल बन्यो रे भनेपनि त्यसका लागि आवश्यक सिस्टम, प्राविधिक, निती, आदी चाहिँदैन ? जाबो २५÷३० किलोमिटर बाटो बनाउन त एउटा जेनेरेनशनकै जीन्दगी खेर जाने सिष्टम भएको ठाँउमा रेल प्राथमिकतामा पर्दैन, आए राम्रो, चढौँला ।

देशको राजधानीका सडकहरुमा धुलो उठेको र खाल्डो भएको कति बर्ष भो ? बर्खा याममा हिड्नु र गुड्नु भन्दा धान रोप्नु फाइदा हुने सडकका बारेमा बोलौन ।

मुग्लिन नारायणगढ सडक खण्डको विजोक भएको कति भो ? कुन गुणस्तरमा निर्माण भैरहेको छ ? कहिले सकिन्छ ? ठेक्काको म्याद कति सार्न मिल्ने हो ? यसबारे केही घोषणा सुुृन्न पाउँ न । तपाईहरु पो सिधै प्लेन, हेलिकप्टर र सडकबाटै जानु परे साइरन बजाएर जनतालाई अझ थप दुख दिएर यात्रा गर्नु हुन्छ ।

एकै छिनमा पुग्नु पर्ने गन्तव्यमा कति सास्तीले कति खेर पुगिन्छ ? यहि मौका छोपेर हवाई भाडामा ब्रहमलुट चलाएका छन् कसैले । ध्यान, घोषणा, निर्देशन यतातिर की रेलतिर चाहिएला ?

नागढुङ्गा कंलकी सडकको ताल त्यस्तै छ । ठेकेदार सडक विभागलाई देखाउने, विजुलीको पोल हटेन भनेर सडक विभाग विद्युत प्राधिकरणलाई देखाउने, फेरी खाने पानी, ढल वालाहरुको आफ्नै ताल छ ।

ठेकेदार प्राधिकरण सडक विभाग, खानेपानि, ढल, व्यस्थापन आदी सबै सरोकारवाला एकै ठाउमा बसेर १ घण्टामा गर्न सकिने निर्णय बर्षौसम्म पेन्डीङ हुन्छ । जाबो एउटा मिटिङ त सँगै गर्न नसक्ने कमजोर र कामचोर सिस्टमलाई सुधारौ न पहिला ।

अनि चढौला रेल सररररर् । कयाँै, बाटो पुल जस्ता संरचना बनाउन ठेक्का लिएकाहरु यस वापत पाएको एडभान्सबाट जग्गा किन्छन प्लटिङ गर्छन १÷२ बर्षमा करोडांै पैसा कमाउँछन् ।

केही लाख घुस ख्वाउछन् र ठेक्का रिन्यु गर्छन । आँफु मालामाल । अनि सहि जेनुइन ठेक्कादारहरु भुतmानी नपाएर उल्टो ऋण लिएर टाट पल्टिन्छन् । २÷४ बर्षमा २÷४ अरब कमाउँन भ्याएकाहरुले चाहेको मन्त्रालयमा चाहेका सचिवलाई सरुवा गराइदिन सक्छन्, चेसको गोटी जस्तो एउटा मन्त्रालयबाट टिप्यो, अर्को मन्त्रालयमा राखिदियो ।

हुँदा हुँदा विदेश जान तिर्नुपर्ने पैसाको लागि घरबाटै सिरक डस्ना बोकेर रातभर लाइनमा बस्नु पर्छ । यो थर्ड क्लास सिस्टमलाई पहिला सुधारौ ।
कमिशनको चक्कारमा उड्दै न उड्ने जहाज विमान स्थलमा थन्क्याएको कसले हो, किन हो, बुझौँ । बेइमानहरुलाई पाता फर्काएर जेल कोचौ । ठिक समयमा चल्ने लामा लामा सिटी बस चलाऔं बढी यात्रु नकोेची सुविधा सम्पन्न, सुरक्षीत लामो दुरीका बस चलाऔ ।

देशमै रोजगारी श्रृजना गरी युवाहरुलाई विदेश जानबाट रोकांै, गएका विज्ञहरुलाई फिर्ता बोलाऔं । यती गर्न सकिदा सकिदै रेलको पुर्वाधार पनि बनिहाल्ला त्यसपछि चडौंला रेलैमा सररर् । रेल चाहिन्छ तर त्यो भन्दा पनि महत्वपुर्ण अरु धेरै कुरा रेल भन्दा पहिले चाहिन्छ ।-न्युज२४नेपालबाट