Tuesday, September 29

साउदी मा रहेका नेपाली लाइ आयो ईतिहास मै पहिलो पटकनिकै ठुलो खुसीको खबर ((पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपालीहरुको लागि बैदेशिक रोजगारको प्रमुख गन्तब्य रहेको साउदीअरबबाट नेपालको लागि ईतिहास मै पहिलो पटक नियमित सिधा उडान सेवा सुरु भएको २ महिना पश्चात हिमालय एयरलाइन्सले नियमित उडान तालिकामा केही परिवर्तन गर्दै भाडा दरमा भारी कटौती गरेको छ ।

नोभेम्बर १ तारिख देखी सुरु हुने गरी गरिएको उक्त परिवर्तित तालिकामा सातामा ३ वटा उडान आउने जाने गर्दछन । सुरुवाती दिनहरुमा नेपालीहरुको चाडपर्व परेका कारण भाडादर केही उच्च भए पनि नोभेम्बर १ तारिख देखी नयाँ भाडादर कायम गरिएको छ ।

नयाँ भाडादर अनुसार १ नोभेम्बर देखी दम्मामबाट काठमाण्डौको लागि (वन वे) सा रि ६२५ र दम्माम-काठमाण्डौ-दम्माम (राउण्ड ट्रिप) को लागि सा रि १,५८१ रहेको छ । नेपालीहरुको महान पर्व दशैँ तिहार छठ सकिएको र साथै पछील्लो समयमा साउदीअरबमा नेपाली कामदारहरुको मागमा कमी आएका कार नयाँ भिसामा पनि निकै कमी आएकोले नेपालबाट आउने र नेपाल जाने यात्रुहरुको संख्यामा कमी आएका कारण केही समयलाई दैनिक उडान सेवा बन्द गरिएको हो ।

हिमालय एयरलाइन्सले सुरुवात देखी २ महिनासम्म इकोनोमी क्लासको लागि Baggage Allowance ३० + ७ केजी को सुबिधा र बिज्नेश क्लासको लागि ४० + ७ केजी लाने पाउने सुबिधा दिएको थियो भने अब नोभेम्बर १ देखी उक्त सुबिधालाई बढाउँदै इकोनोमी क्लासको लागि Baggage Allowance ३५ + ७ केजी कोसुबिधा दिएको र बिज्नेश क्लासको लागि ४५ + ७ केजी को सुबिधा दिएको हिमालय एयरलाइन्सको तर्फबाट साउदीअरबको लागि अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदीअरबका प्रबन्ध निर्देशक शरद कुमार शर्माले बताउनुभयो ।

हिमालय एयरलाइन्सको दम्माम-काठमाण्डौ उडान सेवा सुरु गरेको २ महिनामा साउदीअरबमा रहेका नेपालीहरु लगायत अन्य बिदेशिहरुको मनमा बस्न सफल र पहिलो रोजाइ बनेको हिमालय एयरलाइन्सले अत्यन्तै राम्रो सेवा सुबिधा प्रदान गरिरहेको हिमालय एयरलाइन्सबाट नेपाल जाने आउने गरेका यात्रुहरु बताउँछन । नोभेम्बर १ तारिखबाट सुरु हुने हिमालय एयरलाइन्सको नयाँ उडान तालिका यस्तो रहेको छ ।

काठमाण्डौ – दम्माम (H9 559) – सोमबार, बुधवार र शनिबार दम्माम – काठमाण्डौ (H9 559) – मंगलबार, बिहीवार र आईतवार (उल्लेखित दिनहरुमा रियादबाट आउने र जानेहरुका लागि बस सेवा उपलब्ध रहेको छ) अन्य जानकारीको लागि तल दिएको संपर्क नम्बरहरुमा संपर्क गर्न सक्नुहुनेछ ।दम्मामको लागि – ०५८३९५१२३४, ०५८२५८८७००, ०५९७९२०४६५रियादको लागि – ०५८०२०३८६३, ०५३७०२१७०७

साभार अरबनेपाल