Sunday, September 27

“मासु नै खानु नपाएर गाईको मासु खान पाउनुपर्छ भन्ने हरूले कुकुर बिरालोको मासु पनि खाउ” (भिडियो सहित)

ठमाडौँ- चर्चित फेसबुक सेलिब्रेटी युनिश्मा राई पनि अहिले सामाजिक संजालमा चलिरहेको गाई काण्ड बारे बोलेकी छन् ! प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले गाइको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जनालाई तत्काल रिहा गर्न गृहमन्त्री रामबहादुरसँग माग राख्नुकाे साथै तामाङ समुदायले ऐतिहासिक कालदेखि नै गाईगोरुको मासु खाने प्रचलन भएको भन्दै गाई र गोरु काटेर खादा जेल हाल्ने व्यबस्थालाई परिमार्जन गरी विधिगत हिसावबाट उनीहरूमाथिको अन्याय हटाउनुपर्ने बताएकी थिइन् ।

नेपाल तामाङ घेदुङको नेतृत्व गरेर उपसभामुख तामाङ बिहीबार गृहमन्त्री थापा समक्ष गाई काटेर मासु खान पाउनुपर्ने तथा गाई काटेकाहरूलाई छाड्न दवाव दिन ज्ञापनपत्र बुझाउन पुगेकी थिइन् ।

यही कुरालार्इ लिएर सामाजिक संजालमा उपसभामुख तामाङलार्इ गाली गरेका छन ् । उप सभामुखको यस्तो अभिव्यक्ति आएपछि उनको पक्ष र विपक्षमा चर्को बहस भईरहेको छ ! सामाजिक संजालमा यहि विषयमा लाखौ पोष्टहरु गरिएका छन् ! विशेष गरि खस-आर्य समुदाय उनको चर्को विरोधमा उत्रेको छ भने मंगोल समुदाय उनको समर्थनमा आफ्ना भनाईहरु राखिरहेका छन् !

प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले हिन्दु नेपालीको आस्थामा चोट पुग्ने गरि अभिव्यक्ति दिएको आरोप लगाउदै नुवाकोटमा प्रदर्शन समेत भएको छ । नुवाकोट तामाङ को गृह जिल्ला हो ! तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् ।सामाजिक संजाल २ भागमा बाँडिएर चर्को बहस भईरहेका बेला फेसबुक कि चर्चित सेलिब्रेटी युनिश्मा राईले फेसबुक लाईभ मार्फत आफ्नो भनाई राखेकी हुन् ! Ujyalopost

भिडियो युनिस्मा राई को फेसबुक वाल बाट।