Tuesday, October 20

गाईको मासुको बिषय चुलियकै बेला गाइकाण्ड प्रति एडिसनको आयो यस्तो गीत (भिडियो)

बौद्धिक क्षमताका धनी तथा लाखौं आफ्ना फ्यान,फलोअर्स बटुल्दै गरेका लोकप्रिय युवा हुन् एडिसन दर्लामी मगर | लाखौं आफ्ना फ्यान,फलोअर्सको मन जित्न सफल एडिसन दर्लामी मगर पछिल्लो समय झनै भाइरल तथा सबैको लोकप्रिय बनेका छन् | देशमा घटिरहेका व्यतिथी तथा तितो यथार्थलाई व्यंग्य हान्दै त कहिले मन छुने मार्मिक गीत गाउदै उनी यति बेला लाखौं नेपालीहरुको मन मुटुमा बस्न सफल छन् | समाज, देश तथा देशको राजनीतिमा घटिरहेको तितो यथार्थ घटनालाई व्यंग्य हान्दै गीत गाउनुनै उनको विशेषता हो |

यति बेला नेपालमा गाइकाण्डले उग्र रुप लिदै छ | कसैले गाइ काट्नु पर्छ भन्ने छन् भने कसैले काट्न हुन्न भनेर एकआपसमा कुराहरु बाझिएका छन् | उसो त लोकप्रिय युवा एडिसन दर्लामी मगरले उक्त गाइकाण्डको विषयलाई लिएर अर्को गित गाएका छन् : हुन त यो गीतले उनलाई यसपाली भने निक्कै विवादमा तानेको देखिन्छ | बने अर्को तर्फ कतिले राम्रो पनि भनेका छन |

“खानेले गाई खाए हुन्छ
पुज्नेले गाई पुजे हुन्छ्,
आपसमा झगडा किन हो ?
सब नेपाली हौँ बुझे हुन्छ्! “

झोर्ले लास्सो फ्याफुल्ला दर्शन नमस्ते सेवारो छ्याजलो जोजोलोपा समस्त नेपाली महानुभाबहरु 🙏🏻😊 गित गाउने प्रयास गरेको छु पक्कै मन पराउनुहुन्छ भन्ने पुर्ण बिस्वास छ ! जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस तर सकरात्मक सोँच्दिनुस – जय नेपाल ! जय नेपाली एकता!

सुन्नुहोला बुवा मुवा र दिदिबहिनी दाजुभाई
हिर्दयदेखी नै आग्रह छ नेपाली जन सबैलाई!
खानेले गाई खाए हुन्छ
पुज्नेले गाई पुजे हुन्छ्,
आपसमा झगडा किन हो ?
सब नेपाली हौँ बुझे हुन्छ्!

चल्न सिकौं सब नेपाली जन समय सापेक्ष नै
देश हाम्रो अब भैसक्यो धर्म निरपेक्ष नै!

सोँच्नैपर्ने बेला भैसक्यो ए नेपालको सरकार
गाई भन्दा नि मान्छे मान्छेकै हुन्छ कि यहाँ काटमार !

जय होस हामी सबै नेपालीको !! 🙏🏻🙏🏻🙏🏻😂😂

भिडियो हेर्नुहोस :Adisan Darlami Maga को भिडियो जस्ताको तस्तै