Wednesday, October 21

यो भिडियो हेरेर कसको मन नरोला , आफ्नाले नै यसरि फालिदिए (भिडियो सहित)

श्रीमतीले आमालाई पटक पटक आरोप लगाएकी थिईन श्रीमानले उसलाई पटक पटक सम्झाई चुप रहन भनिरहेका थिए ।तर श्रीमती चिच्याई चिच्याई भन्दै थिइन् कि म औँठी टेबलमा राखेकी थिए अनि हजुर र म बाहेक कोठामा कोही आएको छैन औँठी आमाले नै लुकाउनु भएको छ ।

अनि श्रीमतीले आमालाई यस्तो आरोप लगाएको सुन्दा छोराले सहन नसकी श्रीमतीको गालामा एक थप्पड लगाइदियो । छोराको तिन महिना पहिले बिवाह भएको थियो श्रीमतीले थप्पड सहन नसकी माइत हिडिन ।अनि हिड्दा हिड्दै श्रीमानलाई सोधिन् ।हजुरलाई आफ्नो आमा माथि किन यति बिस्वास छ । म सानै थिए मेरो बाबा स्वर्गे हुन भयो आमाले अरुको घरमा भाँडा माझी ल्याएको पैसाले एक छाक खान पुग्थ्यो आमाले मेरो थालीमा खाना दिएर आफ्नो रित्तो थाली ढाकेर राख्थिन् अनि मलाई भन्थिन् बाबु तिमी खाऊ मलाई ढाकेर राखेकी छु पछि खान्छु ।

तर मैले आमाको थाली खोली हेर्दा खाली हुन्थ्यो । मैले पनि थाहा नपाए झै गरी मेरो आधा खाना खाएर म पुरै खान सकिन आमा धेरै भयो भनि बाहिर जान्थे अनि आमाले मैले छोडेको आधा जुठो रोटी खाएर मलाई पालिन पोसीन पढाइन ठूलो बनाइन् ।

यस्ती भगवान जस्ती मेरी आमाले यो उमेरमा तेरो औँठी को भुखी भइन् भनेर मैले कसरी बिस्वास गर्ने ।आज म दुई चार पैसा कमाउन थाले भन्दैमा म यो आमालाई यस्तो आरोप लगाएको सहन सक्दिन । तं 3 महिना देखि साथमा छस् मैले त आमाको तपस्या 25 वर्ष देखि देखिरहेको छु । यि सबै कुरा आमाले ढोकाको पछाडिबाट चुपचाप सुनिरहेकी थिएन आफ्नो आमाको लागि यति कुरा छोराले भनेको सुनेर आमाको आँखामा आँसु भरिएको थियो  |आमाले सोच्दै थिइन् कि आधी रोटीको मलाई रिन तिरेको हो या आफ्नो कर्तव्य पूरा गरेको हो ।

सोच्न पर्ने कुरा छ आमाले आफ्नो सन्तानको लागि आफ्नो मनको इच्छा अर्थात् आफ्नो चाहना आफ्नो मन भित्रभित्रै मारेर हामी सन्तानको इच्छा पुरा गरिरहेका हुन्छन् ।
दुख पर्दा साथ दिने आमा
रुनु पर्दा आसु पुछ्ने आमा
भोकमा खाना दिने आमा
प्यास मा पानी दिने आमा
खुशीमा खुसी हुने आमा
हाँसो मा हासी दिने आमा
बिरामी भए सेवा गर्ने आमा

र पनि मान्छेहरू आमालाई छोडेर मन्दिरमा भगवान खोज्दै जान्छन्
भगवान त आमा मै देख्छु म

मेरा यी सब्दहरुले कसैको मनमा दुख पुर्याऊछ भने देखी माफी चाहन्छु । यो भिडियो हेरेर सक्दो शेयर गरिदिनु होला ताकी सबैको आखा खुलोस …