Sunday, September 27

ओलिले अंग्रेजीमै यसरी थर्काए युरोपियन युनियन लाई (भिडियो सहित हेर्नुहोस् )

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ मानसिकता त्याग्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई गर्ने व्यवहारमा परिवर्तन गर्न आग्रह गरेका हुन्।

‘नेपालमा मतदाता सचेत छन्। ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखांउदै मतदान गरे’ प्रधानमन्त्री ओलीले इयुको रिपोर्टको विरोध गर्दै भने, ‘केही मत बदर भयो। तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो।’निर्वाचन आयोगलाई सशक्तिकरण गर्न आवश्यक भएको बताउँदै उनले आयोगको विश्वसनियता बढाउन निष्पक्ष भुमिकामा पनि जोड दिनुपर्ने बताए। ‘कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम ग¥यो’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता काम भविष्यमा दोहोरिनु हुँदैन।’

प्रधानमन्त्री ओलीले युरोपियन यूनियनका नाममा नेपालको सामाजिक प्रबन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी समेत दिए।

प्रधानमन्त्री ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गरे। ‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरे जस्तो छ’ उनले भने, ‘म फेरि आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्विचार गर्नुहोस।’ प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए।

नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न प्रधानमन्त्री ओलीले सम्झाए। ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ उनले भने ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्क्छन्?’
भिडियो हेर्नूहोस