नेपालमा गएको २४ घण्टामा २ हजार ६३४ जनामा को’रोना भाइरसको संक्रमण देखिएको छ।१२ हजार ५८५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। यो अवधिमा १ हजार ५६५ जना सं’क्रमणमुक्त भएका छन्।
लकडाउन खुकुलो भएपछि नेपालमा पुनः संक्रमितको संख्या बढ्दै गएको छ। हिजो पनि संक्रमणमुक्त हुने भन्दा संक्रमितको संख्या धेरै थियो। आज १५ जनाको नि’धन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित को’रोनाका कारण मृ’त्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ।
यस्तै, आज काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं ३६५, ललितपुर १०५ र भक्तपुर २९ जना रहेका छन्। हिजो पनि संक्रमणमुक्त हुनेभन्दा संक्रमितको संख्या बढी थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हिजो २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको थियो भने २ हजार २११ जना सं’क्रमणमुक्त भएका थिए।
यस्तै, २३ जनाको मृ’त्यु भएको थियो। हिजो काठमाडौं उपत्यकामा ५५१ जनामा संक्रमण देखिएको थियो। जसमा काठमाडौं ३७८, ललितपुर १२४ र भक्तपुर ४९ जना रहेका थिए। (इ-सिधाकुराबाट)
प्रतिकृया दिनुहोस्