Wednesday, September 23

कोरियामा चटपटे बेचेर नेपालमा समाज सेवा गर्दै, ज्ञानु चौहान ( ज्ञानि मान्छे )……

कोरिया ,राजु राई – ताप्लेजुङ , सिदिङ्मा गाउँ पालिका ३ आँङ्खोपकि ज्ञानु चौहान (ज्ञानि मान्छे) ३ बर्ष अघि ई .पि.एस मार्फत कोरिया आएकि हुन उनी कोरियाको कम्पनीमा काम गरि बचेको समय समाझ सेवामा खर्च गर्छिन । समाज सेवामा तल्लीन उनको यो समाज सेवा प्रतिको लगाब कौशलता देखेर उनको बारे नलेखी रहन सकिन । उनी कहिले चटपटे बेचेर नेपालमा रहेका अनाथ बालबालिका लाई सहयोग गर्छिन त कहिले आफ्नो सामाजिक सन्जाल फेसबुकमा न्यानो अभियान चलाएर चिशोम कठयाङ्गिरिएका तराईमा,र गाउँ -गाउँ सहयोग पुर्याउछिन त कहिले मुटु ,मृगौला पीडितहरु निम्ति सहयोग जुटाउछिन ।यति मात्र हैन उनले कम्पनीमा दिएको बोनस समेत अनाथ बालबालिकाको बढाई खर्चमा सहायताको रूपमा पठाएको बताइन्

गएको सलनाल(कोरियन नयाँ बर्ष) मा सोलुखुम्बु सेवा समाजले गरेको कार्यक्रम हलको बाहिर एउटा कुनामा मुटुछुने त्यो जाडोको प्रभाव नगरि दिदि सरु पुनको विशेष सहयोगमा चटपटे बेच्दै अनाथ बालबालिकाको निम्ति सहयोग रकम जुटाउदै थिइन् सो चटपटे बेचेर उठेको रकम कोरियान २३२००० वोन (नेपाली रकम लगभग रु. २३हजर) नेपालको ताप्लेजुङ सिदिङ्मा गाउ पालिका २ सादेवाको अति बिपन्न तथा बुबा बिहिन पाँच भाइ बहिनिहरुलाई कापी कलम खर्च स्वरुप नेपाली रकम २०३६९ रुपैयाँ पठाएको उनले बताइन् ।

भौगोलिक विकटता र रेमिटान्स असुविधाका कारण झण्डै एक महिना पछि गत हप्ता सो रकम उहाहरुलाई दिदी गोमा चौहानको सहयोगमा उक्त गाउँ पालिकाका समाजसेवी तथा बुद्दिजिवी श्री मानबहादुर राइले सो रकम हस्तान्तरण गर्नु भएको जानकारी गराईन ।  उनले सम्पुर्ण “खाएर सहयोग गर्ने” यो सानो अभियानमा सहयोग गर्नुहुने कोरियामा रहनु भएका तपाईं सम्पूर्ण आत्मिय मन र सहयोगी दानबिर हातहरुलाइ सलाम ! कसैले खाएरै सहयोग गरिदिनु भयो कसैले दिएर मात्रै । सबैलाई मनैदेखी धन्यवाद दिएकी छिन । कोरियामा साहुले दिएको बोनस पनि उनले गएको दसैमा रु ५००० रुपैयाँ त्यही बच्चाहरुलाई दसै खर्च । पठाएको बताइन् ५ बर्ष अघि उनीहरुको बाबू रुखले किचेर बितेका तिअनाथ नानिहरुलाई। उनको सहयोगले ती बालबालिका हरुको पढाईमा ठुलो टेवा पुग्ने छ ।

चटपटे बेचेर आएको कोरिएन वोन २३२००० (नेपाली रकम लगभग रु. २३ हजार ) नेपालमा ताप्लेजुङ जिल्ला सिदिङ्मा गाउपालिका २ सादेवाको अति बिपन्न तथा बुबा बिहिन पाँच भाइ बहिनिहरुलाई कापी खर्च स्वरुप हस्तान्तरण गरिंदै !

उनले मृगौला पीडित र क्यान्सर पीडितलाई जुटाएको सहयोग

दोलखा सैलुङ्ग गा.पा. 6 निवासी मृगौलाका बिरामी रामकाजी खड्का र क्यान्सरका बिरामी ,भि.न.पा.5 का मदन के.सि.को नाममा संयुक्त रूपमा बिगत 3 हप्ता देखि चलाइएको अभियानमा जेजुबाट नारायण कार्किको संयोजकत्वमा दिलिप दाहाल , ज्ञानीमान्छे, सबिन थपलिया , बिमल कार्की र कुन्जन थापा लगायतले अभियान चलाइएको थियो ।

उनले चलाएको न्यनो अभियान बारे

बिगत केही बर्ष देखि कोरियामा रहेका मनकारी दाताहरुको सहयोगमा हामिले हरेक बर्षको जाडोमा सकेको जति ठाँउमा न्यानो बाड्दै आएका छौँ । यसै सन्दर्भमा यो बर्ष हामिले तराई र हिमाली गरि केहि जिल्लाका अति बिपन्न परिवारलाई न्यानो अभियानको सानो तातो वितरण गरेका छौ । यस अन्तर्गत दोलखा जिल्ला वैत्यश्वर गाउँपालिकामा रहेका आर्थिकरूपमा पिछडिएका अति बिपन्न केहि घरपरिवारलाई प्रति परिवार १ वटा पर्ने गरि हामीले आज १६० घरधुरीलाइ कम्बल बितरण गरिएको छ ।

दोलखा सैलुङ्ग गा.पा. ६ निवासी मृगौलाका बिरामी रामकाजी खड्का र क्यान्सरका बिरामी ,भि.न.पा. ५ का मदन के.सि.को लागि कोरियामा संकलित रकम हस्तान्तरण गरिंदै !

वैत्यश्वर गाउँ पालिकाका उप प्रमुख श्री रविचन्द्र आचार्य, ‘मानवताका लागि हामी’ सामाजिक सस्था, स्थानीय पत्रकार लगायत समाजका अन्य ब्यक्तित्वहरूको रोहबरमा बितरण गरिएको हो । बितरणमा सहयोग गरिदिनुहुने तपाईहरु सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद , साथै दक्षिण कोरियामा रहेर निरन्तर रुपमा बर्सेनि न्यानो बाडौँ अभियानमा जुटिरहनुहुने खटिरहनु हुने तपाई हामी सम्पूर्णमा हार्दिक नमन ।

आउँदा दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरूमा हातेमालो हुनेछ भन्ने आशा गर्दछौं ।