Thursday, September 24

विदेशी नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीको यस्तो भनेपछि विदेशी खुशीले दङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट शोषित हुन नहुने बताएका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालस्थित् विदेशी नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भनेका थिए,‘हाम्रो समाजमा हिंसाको लागि कुनै स्थान छैन। हाम्रो सामाजिक एकता र सद्भाव बिगार्ने कुत्सित मनसायले विभिन्न पक्षबाट यस्ता प्रयास हुनसक्छन्।’

उनले अघि थपे,‘हाम्रा नागरिक गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने चाहन्छौं। हामीलाई विभाजित पार्न खोज्ने र अस्थीरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं।’

प्रधानमन्त्री ओलीले पछिल्लो एक दशकमा नेपाली समाज तीव्र रुपान्तरण भइरहेको र त्यो राजनीतिमा मात्र नभएर समाजका अन्य क्षेत्रमा पनि महशुस भएकोे बताए।

‘हरेक निर्वा्चित निकायमा ४१ प्रतिशत महिला छन् भन्ने कुरा सुनाउन पाउँदा मलाई गर्व महशुस हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सानो उपलब्धी होइन, बाँकी रहेको ९ प्रतिशत पूरा गर्न पनि हामी प्रयास गर्नेछौं।’ उनले ठूलो मूल्य चुकाएर नेपाल राजनीतिक स्थीरताको नयाँ चरणमा हामी पुगेका उल्लेख गर्दै नेपालको यो महत्वपूर्ण उपलब्धीमा हाम्रा छिमेकी र शुभचिन्तकले पनि खुसी हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्ने र नेपाली भूमि उनीहरुविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे। छलफलको सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी कुटनीतिज्ञलाई स्वागत गरेका थिए। मन्त्री ज्ञवालीले नजिकका छिमेकी र विश्वका सबै देशसँग नेपालको सौहार्दपूर्ण सम्बन्ध रहेको र नयाँ राष्ट्रिय प्राथमिकता र अन्तर्रा्ष्ट्रिय प्रतिवद्धताअनुसार नेपालले परराष्ट्र नीति अपनाउने बताए।