Monday, October 2

३७ दिनपछि शौचालयको ट्यांकीभित्र गाडिएको अवस्थामा फेला पर्यो सुजिताको श’व , बा-बुछोरा मिलेर गरेका थिए ह त्या

2021-07-11 1078

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमपुराकी सुजिता ठाकुरको ह त्या भएको एकमहिना सात दिनपछि श व फेला परेको छ । आइतबार प्रहरीले निर्माणाधीन शौचालयको ट्याङ्कीभित्र गाडिएको आवस्थामा श व फेला पारेको हो । सुजिताको ह त्या गरी काठ मिलको लागि स्टोर गरिएको स्थानमा शौचालय निर्माणको काम भइरहेको छ । सुजिताको ह त्या गरेर सोही ठाउँमा निर्माणाधीन शौचालयको ट्याङ्कीभित्र गाडेर माथिबाट ढलान गरिएको थियो ।

गत जेठ १९ गते राति विवाद भएपछि सुजिताको ह त्या गरेको पाइएको छ । सुजिता वे पत्ता भएको २३ दिनपछि प्रहरीले घरभन्दा एक किलोमिटर पर आफ्नै खेतमा गा डिएको अवस्थामा मानव अवशेष बरामद गरेको थियो । तर, श व फेला परेको थिएन ।

असार १३ गते प्रहरीले उत्खनन् गर्दा केश, र गतले रातो भएको माटो, मलखाद, कपडा र शव गलाउन प्रयोग गरिएको नुनको प्लास्टिक भेटिएको थियो । तर प्रहरीले सुजिताकै केश वा कपडा भएको एकिन गर्न सकेको थिएन । ह त्या आरोपमा पक्राउ गरेका सुजिताका देवर र श्रीमानले कुनै सुइँको दिएनन् ।

माइती पक्षले असार २० गते ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि छिमेकीको सहयोगमा प्रहरीले अ पराधि पत्ता लगाएको हो । छिमेकीको नाम गोप्य राखिएको छ । प्रहरीले अनुसन्धानमा असर पर्ने भएकाले नाम खुलाएको छैन ।

प्रदेश प्रहरीका डीआईजी उमेश रञ्जितकारका अनुसार पहिलेकै ठाउँमा शव गाडिएको थियो । असार पहिलो साता माइती पक्षलाई शंका लागेपछि उक्त घडेरीमा पुगेर उत्खनन् गरिएको थियो । पहिले खेतमा गाडिएको शव ग न्हाउन थालेपछि शौचालयमा लगेर गाडेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दियो ।

अण्शबण्डा गर्ने विषयमा पटक पटक विवाद भएको बुझिएको छ । यसअघि सुजितालाई नि र्घात कु टपिट गरिएको पाइएको छ । तर त्यो घटनाको मिलापत्र जिल्ला प्रहरी कार्यालय महोत्तरीमै भएको थियो । माइती पक्षकाअनुसार देवर रुपेश ठाकुरसहित उनकी आमा, बुबाले कु टपिट गरेको पाइएको थियो । महोत्तरी प्रहरीमा अबदेखि कु टपिट नगर्ने सहमति भएको थियो ।

सुजिताका श्रीमान् मुकेश ठाकुर ‘कमजोर अवस्था’ का रहेका छन् ।

गत जेठ १९ गते घरायसी वि वाद भएको थियो । वि वाद भएको दिन सुजितालाई ससुरा र देवरले नि र्घात कु टपिट गरे । सुजिताले त्यसको प्रतिकार गरिन् । वि वाद भएको भोलिपल्ट उनी परपुरुषसँग भागेको हल्ला चलाइयो । दुई सन्तानकी आमा सुजितामाथि घरमा पटक पटक कु टपिट हुने गरेको र ज्यान मा र्ने ध म्की दिने गरेको भन्ने थाहा पाएका माइतीहरूले परपुरुषसँग भागेको भन्ने कुरा पत्याएनन् ।

माइती पक्ष ह त्याको किटानी जाहेरी लिएर असार ७ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुग्यो । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन आनाकानी गरेपछि उनीहरूले महिला सेलमा निवेदन दिए । एकजना सुजिताको पुरुष साथीलाई प्रहरीले पक्राउ गरे पनि उसले भगाएको संलग्नता देखिएन । त्यसपछि जिल्ला प्रहरीले बेवास्ता ग¥यो ।

माइती पक्षले सुजिता जान सक्ने सम्भावित सबै ठाउँमा खोजी गरे, केही पत्तो लागेन । कामेश्वरले नेताहरू पनि गुहारे । सुजिता बे पत्ता भएको तेस्रो साता कामेश्वरले स्थानीय सामाजिक अभियानकर्ता सरोज राय र गुञ्जा रायसँग भेट गरे ।
रायद्वयले सक्रियता बढाएपछि असार दोस्रो सातादेखि प्रहरी अनुसन्धान शुरू भयो । किटानी जाहेरी दर्ता भयो ।

जाहेरीमा घरपक्षका पाँचजना मिलेर ह त्या गरेको र ह त्यामा एक जना छिमेकीले सहयोग गरेको उल्लेख गरियो ।
सुजिताका दुई सन्तान छन्, ९ वर्षकी छोरी आँचल र पाँच वर्षका छोरा रौनक । अहिले दुवै जना मावलीमा छन् । सुजिताकी आमा सीतादेवीले नाती रौनकलाई घटनाबारे सोध्दा पोल खुलेको देखिने भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा रौनकले आमालाई काठ काट्ने मेसिनले घाँ टी रे टेर अंकल र हजुरबुबाले मा रेको बताएका छन् । आमालाई मा रेर फ्रिजभित्र राखेको र आफूलाई अर्को कोठामा सुत्न पठाएको रौनकले बताएका छन् ।

सुजिताको शव बरामद भएपछि आज उनकी आमा सुनिताले पटक पटक नातीको ज्यान जोगाइदिन आग्रह गरिन् । सवारी चढेर कोही घटनास्थलमा आउँदा उनले भक्कानिएर नाती नातिनीको ज्यान बचाउन गुहार माग्छिन् ।छोरीको ह त्यापछि उनी बेला बेला बेहोस् भइरहेकी छन् ।

सम्पतिका लागि ह त्या

माइती पक्षले सम्पति हत्याउनको लागि छोरीको ह त्या भएको दाबी गरेका छन् । सुजिताका बुबा कामेश्वर पाण्डेका अनुसार उनका देवर रुपेश ठाकुरले आफ्नी सासुको नाममा एक विघा खेत रजिष्ट्रेशन पास गरेको पाइएको छ ।

सुजिताका श्रीमान् मुकेश कमजोर भएकाले केही बोल्न सकेनन् ।त्यसको सुजिताले विरोध गरेकी थिइन् । त्यही विषयमा पटक पटक विवाद हुँदै आएको थियो । सोही सम्पत्ति हत्याउन सुजिताको ह त्या गरेको पाइएको छ ।

ससुरा अझै फरार

सुजिता ह त्यापछि उनका ससुरा पतिराम अझै फरार छन् । ह त्यामा उनलाई मुख्य योजनाकार भनिएको छ ।

प्रतिकृया दिनुहोस्