Thursday, October 1

‘भद्रगोल’१ सय ५४ औँले राख्यो रेकर्ड हेर्नूहोस भिडियो

हास्यटेलिश्रृंखला ‘भद्रगोल’को पछिल्लो अंकले रेकर्ड बनाएको छ । ‘भद्रगोल’को पछिल्लो १ सय ५४ औँ अंकले युट्युबमा सबैभन्दा धेरै हेरिने हास्यटेलिश्रृंखलाको रेकर्ड बनाएको हो । सार्वजनिक अंकलाई युट्युबमा २४ घण्टा नपुग्दै ३ लाख भन्दा धेरैपटक हेरिएको छ ।

 

यसभन्दा अघि कुनै पनि टेलिश्रृंखलाले २४ घण्टा नपुग्दै यति धेरै भ्युज नपाएको कार्यक्रमका क्रियटिभ टीम तथा श्रृंखला निर्देशक दीपक आचार्यको दावी छ ।

हास्यटेलिश्रृंखलाको पछिल्लो अंकमा राजधानी काठमाण्डौको धुलोको बारेमा गज्जबले ब्यङ्ग गरिएको छ । अंकमा पाँडे आफ्नो भाञ्जालाई भेट्नलाई भेट्नको लागि काठमाण्डौ आएका हुन्छन् भने जिग्री, बले र कक्रोज कुखुरा पालन गर्न अनुदानको लागि नेतालाई भेट्न आएका हुन्छन् ।

अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को लेखन तथा निर्देशनमा तयार भएको हास्यश्रृंखलालाई सागर खड्काले खिचेका हुन् । दीपक आचार्यको श्रृंखला निर्देशनमा तयार हुने टेलिश्रृंखलाको क्रियटिभ टिममा दीपकको साथमा हरि निरौला (क्रकोज) पनि रहेका छन् । रविन भट्ट र राजेन्द्र मानन्धरको सम्पादनमा तयार भएको

 

टेलिश्रृंखलामा अर्जुन घिमिरे, कुमार कट्टेल, दीपक आचार्य, कमलमणी नेपाल, सागर लम्साल, हरिस निरौला, रक्षा श्रेस्ठ, मधुसुदन पाठक, अशोक धिताल, रश्मि पान्डे, प्रमिला खनाल, रमा थपलिया, गोबिन्द कोइराला, पुरुशोत्तम आचार्य, मनराज श्रेष्ठ

हेरौ भिडियो‘भद्रगोल’