Wednesday, October 21

जातलाई गाली गरेको देख्दा आत्महत्या गर्न मन लाग्यो भन्दै अन्तर्वार्तामै यसरि रोए शंकर बिसी (भिडियो सहित हेर्नुहोस )

जातलाई गाली गरेको देख्दा आत्महत्या गर्न मन लाग्यो भन्दै अन्तर्वार्तामै रोए शंकर बिसी

भिडियो तल अन्तिममा हेर्नुहोस !

उज्यालो पोष्ट, १६ चैत, काठमाडौँ- लोक दोहोरी क्षेत्रका कलाकार शंकर विसी यतिबेला निकै ठुलो विवादमा फसेका छन् ! क्षणिक आवेगमा आएर क्यामेरा म्यान माथि अशिष्ट भाषा प्रयोग गरेर गाली गरेको भिडियो सामाजिक संजालमा भाईरल भएपछी, कलाकारितामा राम्रो छबी बनाएका शंकर विवादमा फसेका हुन् ! भिडियो भाईरल भएपछी सामाजिक संजाल प्रयोगकर्ताले उनको चर्को विरोध गरेका छन् !

कमेन्टमा छाडा, अभद्र र अश्लिल गालीको ओईरो लागेपछि शंकर यतिबेला निकै दुखित भएका छन् ! आफु कहिल्यै झगडा नगर्ने मान्छे त्यतिबेला तनाबमा आएर एकदुई शब्द बढि बोलेको भन्दै उनले माफी पनि मागेका छन् ! ” तँ यस्तो जात, उस्तो जात ‘ भनेर गाली गरेको देख्दा आफुलाई अत्यन्त दुख लागेको भन्दै आफु आत्महत्या गर्ने सोच सम्म पुगेको उनले बताए !

भिडियो तल अन्तिममा हेर्नुहोस !

खासमा भएको चै के हो त ?

काठमाडौँको भृकुटी मण्डपमा अस्ति  बाट शुरु भएको राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा रिपोर्टीङ का लागि पुगेका फिल्मिजुम डटकमका फोटो पत्रकार प्रकाश ढकालमाथि कलाकार शंकर बिसीले उक्त शब्दहरु प्रयोग गरेको बुझिएको छ ! कार्यक्रमको स्टेजभन्दा पछाडी चेंजिंग रुममा लोक गायक चोलेन्द्र पौड्यालको अन्र्तवार्ता लिईरहेको बेलामा क्यामराको अगाडीबाट शंकर बिसी हिडेपछि क्यामरामा अन्र्तवार्ताको भिडियो कैद गरिरहेका पत्रकारले उनलाई घुरेर हेरेको र त्यहि विषयमा विवाद हुँदा शंकरले यस्ता शब्दहरु प्रयोग गरेका हुन् !

सम्पूर्ण जानकारीको लागि हेर्नुहोस यो भिडियो