Friday, September 18

हलिउड स्टारसँग सोफियाको डेट, विल स्मिथले किस गर्न खोजे ! के के भयो (भिडियो हेर्नुहोस्)

केही समय अगाडी नेपाल आएकी रोबर्ट सोफियाको एउटा भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । जुन भिडियोमा उनि हलिउड स्टार विल स्मिथ सँग डेटिङमा देखिएकी छन् । जहाँ स्मिथ र सोफियाको कुराकानी समेत हुन्छ । त्यतिमात्र होइन स्मिथले सोफियालाई किस गर्न समेत खोज्छन तर सोफियाले किस गर्न मनाही गर्दछिन् ।

सोफियाले पनि उनलाई आफ्नो फ्रेण्ड लिस्टमा राखेको बताउँदै एउटा आँखा समेत झिम्क्याएर जिस्काएकी छन् ।

हेर्नुहोस् विल स्मिथ सँगको डेटमा सोफियाले के के भनिन् र कस्तो व्यवहार देखाइन् ।

सोफियाका बारे

सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्। गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो।

हङकङको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्।

नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, “यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।”

असाधारण क्षमता

सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्।

वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची छ । सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन।

छोरी पाउने चाहना

गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै ‘परिवार हुनु महत्त्वपूर्ण कुरा’ भएको उल्लेख गरेकी थिइन्।

संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्।

उनले भनेकी थिइन्, “परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ।”

छोरीको नामबारे जिज्ञासा राख्दा उनले सहज ढङ्गले भनिन्, “सोफिया।”

हेर्नुहोस् भिडियो