Wednesday, August 4

शेरवहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीमा नियुक्त

2021-07-13 291

काठमाडौं । सोमबार सर्वोच्च अदालतले परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

केहीबेर अघि उहाँले नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो ।देउवा अहिले गठबन्धनसँग छलफलमा व्यस्त हुनुहुन्छ ।

सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।यो सँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।

विश्वासको मत नपाए पनि उहाँकै नेतृत्वमा मुलुक चुनावमा जाने छ। यसैबीच महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ ।सोमबार सर्वोच्च अदालतमा मुद्धा हारेपछि राजीनामा दिएको बताइएको छ ।सर्वाेच्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी शेर बहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि आफूले राजीनामा गरेको बडालले बताउनुभयो ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताउनुभयो ।दिउँसो १ बजे महान्यायाधीवक्ताको कार्यालयमा बडालको बिदाई समारोह राखिएकाे छ। यस अघि महान्यायधिवक्ता रहनुभएका अग्नि सापकोटाले केही महिना अघि राजीनामा दिएपछि बडाल नियुक्त हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्