Saturday, October 31

चीनबाट आयो खबर : नेपाली झण्डा फहराँउदै आफ्नै पानी-जहाज कुदाउने ओलीको सपना यसरी साकार हुँदै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

चीनबाट आयो खबर : नेपाली झण्डा फहराँउदै आफ्नै पानी-जहाज कुदाउने ओलीको सपना यसरी साकार हुँदै
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा फहराउँदै आफ्नै पानी जहाज कुदाउने निर्णय सुनाएका थिए । यसलाई हावादारी गफ भनेर खुबै उढाइएको थियो ।

तर अब साकार हुने भएको छ । चीनबाट यस्तो खबर आएको छ । उत्तरी छिमेकी चीनसँगको ब्यापारिक नाका रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ ।

मुस्ताङको कोरला नाकामा पनि सुख्खा बन्दरगाह बनाउन नेपाल सरकारले पूर्वसम्भाब्यता अध्ययन पूरा गरेको छ । टिमुरेमा निर्माण हुने बन्दरगाहको डिजाइन पनि तयार भइसकेको छ ।

अब चीन सरकारले निर्माण थाल्नेछ । रसुवागढी नाकाको नेपालको इन्टरमोडल यातायात विकास समिति र चीन सरकारले यो ड्राइपोर्टको डिजाइन स्वीकृत गर्दै काम अगाडि बढाउने सम्झौता गरेका छन् । त्यसका लागि समितिको टोली चीनको छेन्दु पुगेको थियो ।

बन्दरगाह निर्माण अघि बढाउने जिम्मा चिनियाँ पक्षले लिएको छ । करिब तीन महिनाभित्रै निर्माण सुरु गर्ने तयारी छ । निर्माण प्रक्रियामा नेपालले सहजीकरण मात्रै गर्नेछ । बन्दरगाह निर्माण सुरु भएको दुई वर्षभित्रै सक्ने लक्ष्य राखिएको छ ।

त्यसपछि चीनले नेपाललाई हस्तान्तरण गर्नेछ । बन्दरगाह निर्माण गर्न १५० देखि १८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको इन्टरमोडलका इन्जिनियर प्रमोद आचार्यले जानकारी दिए ।

८ हेक्टर क्षेत्रफलमा फैलिने बन्दरगाहमा करिब ३५० वटा मालबाहक कन्टेनर अटाउने छन् । २ वटा जाँचपास स्थल, एउटा गोदामका साथै पाँचतले प्रशासनिक भवन हुने इन्टरमोडल यातायात विकास समितिका महाप्रवन्धक हेमेन्द्र शाहीले जानकारी दिए ।

यो ड्राइपोर्ट बनेपछि रसुवागढी नाका हुँदै चीनसँग हुने ब्यापार सहज हुने सरकारको विश्वास छ । सुख्खा बन्दरगाहका लागि स्थानीय वासिन्दाको ५८ रोपनी जग्गा अधिग्रहण गरिएको छ भने सरकारी स्वामित्वमा रहेको १०९ रोपनी जग्गा पनि बन्दरगाह क्षेत्रमै समेटिएको छ । यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर जमिन पनि बन्दरगाहले ओगट्नेछ ।

यो ड्राइपोर्ट बनेपछि रसुवागढी नाका हुँदै चीनसँग हुने ब्यापार सहज हुने सरकारको विश्वास छ । ‘अहिले कन्टेनरहरुलाई सडकमै पार्किङ गर्नुपर्ने अवस्था छ । भन्सारको भवन पनि राम्रो छैन ।

यो निर्माण भएपछि गोदाम पनि बन्ने भएकाले धेरै किसिमबाट सहजता आउनेछ’ इन्जिनियर आचार्यले भने । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका अझैसम्म सुरु हुन सकेको छैन । चीनले तातोपानी नाका भन्दा पनि रसुवागढी नाकालाई प्राथमिकतामा राखेको छ ।

रसुवागढी नाकाको स्तरोन्नतिका लागि स्याफ्रुबेंसी(रसुवागढी सडकको स्तरोन्नती पनि हुँदेछ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर चीनले नै तयार गर्दैछ ।

सरकारले पनि रसुवागढीलाई काठमाडौंसँग नजिक्याउन काठमाडौंको टोखाबाट थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन गरेको छ । त्यहाँबाट स्याफ्रुबेंसीसम्म नयाँ सडकमार्ग बनाएर चीनलाई नजिक्याउने योजना सडक विभागको छ ।

रसुवागढीका साथै मुस्ताङको कोरला नाकामा सुख्खा बन्दरगाह बनाउन नेपाल सरकारले पूर्वसम्भाब्यता अध्ययन पूरा गरेको छ । अब सम्भाब्यता अध्ययन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

केही दिनमै आशयपत्र माग गर्ने इन्जिनियर आचार्यले बताए । कोरलामा २ स्थानमा बन्दरगाह निर्माणको विकल्प अघि सारिएको छ । भन्सार विभागको स्वामित्वको १०९ रोपनी जग्गा र नाका छेउमै रहेको सरकारी जग्गामा बन्दरगाह निर्माण गर्न सकिने देखिएको छ । सम्भाब्यता अध्ययन पछि नै कति लागत तथा कति क्षेत्रफलको बन्दरगाह बनाउने भन्ने तय हुने समितिले जनाएको छ ।

स्रोत:-जनबोलीबाट