Tuesday, July 14

क्रिकेट रंगशाला बनाउन जुटेका धुर्मुसलाई प्रधानमन्त्री ओलीले भने-अघि बढ्नुस्, सरकार साथमा छ !

काठमाडौं । क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीले धुर्मुस-सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् । ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार तपाईहरुको साथमा छ भन्नु भएको छ, धुर्मुसले अनलाइनखबरसँग भने ।

भेटमा प्रधानमन्त्रीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे समेत चासो राखेका थिए । जवाफमा धुर्मुस-सुन्तलीले रंगशाला निर्माणका लागि दबाव आएको र त्यसअनुसार अघि बढ्न चाहेको बताए ।

धुर्मुसका अनुसार प्रधानमन्त्री ओलीले सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

धुर्मुसले बिहीबार अब क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका थिए, जसलाई नेपाली टोलीका कप्तान पारस खड्काले स्वागत गरेका छन् ।

कहाँ रंगशाला बनाउने भन्ने तय भएको छैन । यसबारे निर्णय भएपछि जग्गाका लागि सरकार लगायतसँग छलफल गर्ने उनको योजना छ ।

यो पनि पढ्नुहोस :

पूर्वसांसद साहले अपराध कर्मबाट ३२ करोड आर्जन गरेको विभागको ठहर !
१६ चैत, काठमाडौं । पूर्वसांसद सजयकुमार साहले अपराध कर्मबाट ३२ करोड बढी सम्पत्ति जोडेको ठहर सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले ठहर गरेको छ ।

कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियारत तथा खरखजजासम्वन्धी अपराधबाट साहले ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ बराबरकोे चलअचल सम्पत्ति आर्जन गरेको विभागको ठहर छ ।

सम्पत्ति बाबु साहुसाह सुडी, आमा दुलारी देवी साह, श्रीमती रंगीलाकुमारी साह लगायत १३ जनासँग मिलेर घरजग्गा र्फम, कम्पनीको शेयर र सवारी साधनमा लगानी गरेको उसको दाबी छ ।

विभागले साहलाई ३२ करोड ४ लाख ५० हजार ३०४ र अरुलाई असुरको मात्र अनुसार विगो कायम गरी शुक्रबार नै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

साह जनकपुर बमकाण्डमा जेलमा छन् ।

(स्रोत : अनलाइन खबर