Tuesday, October 27

प्रधानमन्त्री निवास बालुवाटार तनाब ग्रस्त ३५ जना प्रहरीको नियन्त्रनमा

काठमाडौं, चैत १७ – प्रहरीले काठमाडौंबाट ३५ जना मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत ३५ जनालाई पक्राउ गरेको हो । टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीको टोलीलाई पक्रेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ ।

पक्राउ परेका मानवअधिकारकर्मीहरूलाई अहिले पुलिस क्लबमा राखिएको छ । प्रहरीले मानव अधिकारमर्की पहाडीसँगै, होमनाथ चौलागाई, गंगाधर अधिकारीलगायतलाई पक्राउ गरेको छ । कैलालीको टिकापुरमा भएको घटनाका दोषीलाई सरकारले उन्मुक्ति दिन लागेको भन्दै मानवअधिकारकर्मीहरू शनिबार बालुवाटर घेराउ गर्न गएका थिए ।-थाहाखबरबाट/फोटो गूगल।