Tuesday, September 29

मैदानमै आर्मी र सुदूरपश्चिमका खेलाडीबीच कुटाकुट भएपछी भयो बबाल..

चैत १७, काठमाडौँ । कहिलेकाहिँ फुटबल मैदान र कुस्ती मैदान छुट्याउनै कठिन हुन्छ ।

सानो निहुँमा खेलाडीहरु एक-अापसमा मुक्काबाजकै रुपमा उत्रन्छन् । शनिबार सर्लाहीमा आर्मी र सुदूरपश्चिमका खेलाडी आफू फुटबलर हूँ भन्ने बिर्सँदै एक अर्कासँग भिडे ।

सर्लाहीको बाग्मतीमा जारी राजर्षी जनक कप फुटबल अन्तर्गत शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका खेलाडीले सुदूरपश्चिम ११ का खेलाडीमाथि खेल मैदान भित्रै कुटपिट गरेपछि खेल विवादित बनेको छ ।

आर्मीका खेलाडीले सुरुदेखि नै मैदानमा रफ खेलिरहेकाले झडप भएको सूदुरपश्चिमका खेलाडीले बताएका छन् । खेलको पहिलो हाफको २२ मिनेटसम्ममा २–१ को स्कोरले पछि परेको आर्मीका खेलाडीले मैदानभित्रै सूदुरपश्चिमका खेलाडीमाथि कुटपिट गरेका थिए ।

मध्यान्तरको २२ मिनेटमा रेड कार्ड पाएका एरोनालाई लगत्तै आर्मीका खेलाडीले मैदानभित्रै कुटेका हुन । मैदानभित्रै खेलाडी कुटिएपछि रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिएका थिए।

त्रिभुवन आर्मी क्लबका खेलाडीहरु खेल छोडेर मैदान बाहिरिएका छन् भने सुदूरपश्चिम ११ ले आफ्नो टिम विजय भएको दावी गर्दै जुलुस निकालेको छ । विवादलार्इ दुवै टिमलाइ सँगै राखेर टुंग्याउने आयोजकले जानएको छ । मैदानमा झडप भएपछि प्रहरीले लाठ्ठी चार्जसमेत गरेको थियो ।

अायाेजक बागमती युवा क्लबका पदाधिकारीले अाजकाे खेल रद्द भएकाे बताउँदै फाइनल खेल फेरि अाइतबार खेलाइने जनाएका छन् । उज्यालो अनलाइनबाट