Wednesday, September 30

क्रिकेट स्टेडियमका लागि रकम संकलन सुरु, माग्नेले दिए ५० हजार सहयोग (भिडियो सहित) हेर्नूहोस

काठमाडौं: पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने घोषणा गरेका धुर्मुस सुन्तली चर्चामा छन् । शुक्रबार साँझ धुर्मुस-सुन्तली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको कुराकानीमा सरकारले साथ दिने जनाएको हो ।

बालुवाटारमा धुर्मुस-सुन्तलील र प्रधानमन्त्री ओलीबीच झण्डै एक घन्टा कुराकानी भएको थियो । ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार तपाईहरुको साथमा छ भन्नु भएको छ, धुर्मुसले भने ।  भेटमा प्रधानमन्त्रीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे समेत चासो राखेका थिए ।

जवाफमा धुर्मुस-सुन्तलीले रंगशाला निर्माणका लागि दबाव आएको र त्यसअनुसार अघि बढ्न चाहेको बताए । धुर्मुसका अनुसार प्रधानमन्त्री ओलीले सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

यसैबिच क्रिकेट स्टेडियम बनाउन अाज अर्का चर्चित कलाकार केदार घिमिरेले धुर्मुसलाई ५० हजार हस्तान्तरण गरेका छन् ।

हेरौ यो भिडियो

ताजाखबरटीभीबाट