Wednesday, August 4

“यदि शेर बहादुर प्र’धानमन्त्री भए भने कान का’ट्छु” भनेका दिपेन्द्रले अन्त’र्वार्तामै यसरी काटिदिए कान-हेर्नुहोस् (भिडियो सहित )

2021-07-17 237

एभरेस्ट नेपालले लिएको यस अघिको एक कार्य’क्रममा बोल्दै गर्दा चर्चित राज’नीतिक विश्ले’षक दिपेन्द्र कंडेल ले शेर बहादुर देउवा कुनै पनि हालतमा प्रधान मन्त्री बन्न नसक्ने र यदि कुनै पनि हालतमा उनी प्रधानमन्त्री बन्ने स्थिति भएमा आफूले कान काटेर पातमा राखिदिने समेत बाचा गरेका थिए।अहिले शेर बहादुर देउवा स’र्वोच्च अदालतको परमादेश पश्चात् प्रधानमन्त्री बनेपछि उनले बोलेको बिषय फेसबुक, टिकटक जस्ता सामाजिक संजा’लमा भाइरल बनिरहेको छ।

उनलाई फेरि एभरेस्ट नेपालले अन्त’र्वार्ताका लागि पूण्य गौतमसँग राखेर आम’न्त्रण गरेको थियो र उनले बोलेको अभिव्य’क्तिको बिषयमा छलफल गर्ने क्रममा पत्रकार र अर्का अतिथि पूण्य गौतमले समेत हिसं’त्मक नि’र्णय फिर्ता लिएर माफी माग्न समेत आग्रह गरेका थिए।अलिक गम्भीर एवं सिरियस स्वभाव भएका उनी स्वीकार गर्ने पक्षमा नभइ चातुर्यका साथ आफ्नो अभि’व्यक्ति पूरा गर्ने जस्तो संकेत गरिरहेका थिए।

उनले त्यतिबेला आफूले बोलेको बोली सच्याउँदै आफूले आफ्नो कान नभइ खसीको कान काट्छु भनेको समेत जिकिर गरे र झोलाबाट काटेको खसीको टाउको ल्याएर बाहिर टेबलामा राखी क्यामेराको अगाडि काटि’दिएका छन् र उनले अझै राजनीतिक भाषा प्रयोग गर्दै खसी भारतबाट आयातीत भन्दै नेपालको राजनीतिमा भारतीय चासो बढेको र यसलाई नि’रुत्साहित पार्न खसीको कान काटेको भन्दै सांकेतिक वि’रोध जनाएको जस्तो देखाएका छन्।

पूण्य गौतमले खसीको कान काट्न नमिल्ने र यो विषय पशु अधिकारवादीहरूका लागि समेत पुग्न सक्ने र सामाजिक आ’लोचना भोग्नुपर्न सक्छ भन्दै सचेत समेत गराएका थिए।तर तर्कलाई तोडमोड गर्दै भएपनी पूण्य गौतमले आफूलाई शाकाहारी बताइरहँदा त्यसको खण्डन गर्दै उनले झोलाबाट खसीको टाउको सहित बाहिर निकाली टेबलमा राखेर आफ्नो बाचा पूरा गरेको बताउँदै कान काटिदिएका छन्।

हुन त उहाँले कान काट्नुहोस्,हिं’सात्मक कार्य गर्नुहोस् भनेर उकासेको भने होइन यद्यपि सार्वजनिक रुपमा बोलि हिँड्ने नेता,बक्ता या जोकोहीले पनि सामाजिक सद्भाव,सभ्यता र भोलि हुनसक्ने सं’भावित ख’तरालाई समेत मध्यनजर गरि बोल्नुपर्ने हुन्छ। किनभने कसैको त्यही शब्दले गर्दा अर्को जोकोहीलाई प्रत्यक्ष वा अ’प्रत्यक्ष प्र’भाव पारिरहेको हुन्छ।
#live 57 today बाट

प्रतिकृया दिनुहोस्