Tuesday, September 29

दिल्लीमा भारतिय पत्रकारलाई सन्दिपको खरो जवाफ, पत्रकारले हिन्दीमा प्रश्न सोध्न खोज्दा सन्दिप गरे ठाडै अस्वीकार ! दिए अग्रेजीमा गतिलो जवाफ ( भिडियो सहित ) हेर्नूहोस।

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियरको बन्द प्रशिक्षणका लागि दिल्लीमा रहेका छन् । विश्वका उत्कृष्ट खेलाडी रहेका दिल्लीको बन्द प्रशिक्षणमा सन्दीपले आफ्नो प्रभाव टिममा देखाउन सुरु गरेका छन् ।

युवा लेग स्पिनर सन्दीप दिल्ली पुगेपछि उनका बारेमा दिल्ली डेयरडेभिल्सले विभिन्न ट्विट्सहरु गर्दै आएको छ । दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पनि सन्दीपका बारेमा प्रशंसा गरेका छन् । पोन्टिङले सन्दीपमा धेरै प्रतिभा रहेको बताउँदै उनी साच्चिकै राम्रा खेलाडी रहेको बताएका छन् ।

यसैबीचमा दिल्लीमा अाज सन्दिपले भारतिय मिडियामा सामु कुराकानी गरेका थिए । कुराकानीमा उनले अाईपिएलसम्मको यात्रा देखि नेपाली क्रिकेटसम्मको कुरा गरेका थिए । सुरुवातमा नै भारतिय पत्रकारले हिन्दीमै प्रश्न सोधेपनि उनले जवाफ भने इङ्लिसमा नै फर्काएका थिए । भारतिय पत्रकारसँगको कुराकानी अवधि भरी नै सन्दिपले हिन्दिमा कुरा गरेनन् ।

दिल्लीमा भारतिय पत्रकारलाई सन्दिपको खरो जवाफ, पत्रकारले हिन्दीमा प्रश्न सोध्न खोज्दा सन्दिप गरे ठाडै अस्वीकार !

दिए अग्रेजीमा गतिलो जवाफ
( भिडियो सहित )

ताजाखबरटीभिबाट