Wednesday, August 4

कृष्ण कंडेलले इन्द्रेणीको तर्फबाट हास्य कलाकार चम्सुरीलाई उपचारका लागि सहयोग सहित यस्तो अपिल…

2021-07-19 202

काठमाडौं –  ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौला सम्बन्धी स’मस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

सो स’मस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर उपचार गरे केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् ।तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

गएको ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला  टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलले आज अस्पतालमा  पुगेर उहाँको अवस्था बुझेर रु. ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।यसै गरी राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रुपमा रु, १० हजार सहयोग गर्नु भएको छ भने अन्य धरै कलाकारहरुले अस्पताल मै पुगेर इन्द्रेणी मार्फत सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्