Monday, September 28

मेयरको महानता ! गाडी किन्न आएको ६० लाखले सडक निर्माण गर्दै ( पूरा खबर हेर्नूहोस)

टेक बहादुर थापा /अछाम : अछामको कमल बजार नगरपालीकाले नगरको गाडी किन्नको लागी बिनीयोजन गरिएको रकमबाट सडक निर्माण गर्ने भएको छ ।

नगरपालीका सम्म जोडीएका केही सडकहरुको स्तर उन्नती नहुदा सवारी साधनलाई आवत जावत गर्न निकै असहज भईरहेकाले यसलाई मध्यनजरगर्दै गैरिटाँड देखी कमल बजार सम्मको सडकको स्तर उन्नती गर्ने निर्णय गरेको नगरपालीकाका नगर प्रमुख ओमप्रकाश बिष्टले बताउनु भएको छ ।

नगरपालीकाले नगरको गाडी किन्न ६० लाख रकम बिनीयोज गरेकोमा ४० लाख रकम गैरिटाँड कमलबजार सम्मको साढे ८ किलोमिटर सडकको स्तर उन्नतीमा खर्च गर्ने भएको छ भने बाकी २० लाख रुपैया अरु ग्रामीण सडकको स्तर उन्नती र बर्षायाममा बिग्रे भत्केका ग्रामीण सडकहरु मर्मत गर्नमा खर्च गरिने नगर प्रमुख बिष्टले बताउनुभएको छ ।

गैरिटाड देखी कमलबजार सम्मको सडक ७ मिटर चाक्लो बनाइने र सडकको स्तरउन्नती बैशाख भित्रै गरिसक्ने नगरप्रमुख बिष्टले बताउनुयभो ।

ग्रामीण सडकहरुमा बर्षा याममा गाडी नचल्ने भएकाले सडककमा नियमीत गाडी गुदाउने भन्दै जनताको सुविधालाई पहीलो प्राथामीकत दिएको नगर प्रमुख बिष्टको भनाई छ ।

स्रोत:-सादकमिडिया