Tuesday, September 29

एसइई सकेर घर फर्कदै गरेका विद्यार्थी चढेको बस दुर्घटना, एकको मृत्यु, ११ घाइते (नामसहित)

चैत १८, काठमाडौं । काठमाडौबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्ती भण्डार तर्फ जादै गरेको यात्रु बस दुर्घटना भएको छ ।

बा ३ ख २६९५ नम्बर को अरनिको यातायातको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका २ का १८ वर्षीय सुवास गजमेर रहेका छन् ।

घाइते हुनेहरुमा उमाकुण्ड ३ का १८ वर्षीय मुकेश सुनुवार , १८ वर्षीय सम्झना सुनुवार , १८ वर्षीय सन्तोस बस्नेत , १८ वर्षीय आशिष कार्की , १८ वर्षीय छोटी शेर्पा र वडा नम्बर २ की १८ वर्षीय निमडेकी शेर्पा , १८ वर्षीय पासाङ सेर्पा , १८ वर्षीय सोमरजा कार्की , १८ वर्षीय विमला तामाङ र १८ बर्षकी प्रेमलेकी शेर्पा रहेका छन् ।

त्यस्तै बसका सहचालक दोलखा भिमेश्वर नगरपालिका २२ बर्षका कृष्ण बुढाथोकी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एसीइइ परीक्षा सकेर घर फर्कदै गरेको विद्यार्थी घाइते भएको रामेछाप प्रहरीका निरीक्षक राजकुमार थापाले जानकारी दिए ।-जल्जलाअनलाइनबाट