Monday, September 28

अनियन्त्रित चिनियाँ अन्तरिक्षयानको अवशेष यि ३८ सहरमा खस्ने संभावना, थाहा पाउनुहोस् ति जोखिममा परेका शहर कुन् कुन् हुन् ?

एजेन्सी । चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार ‘दि तियांगोङ्ग–१’ नामको उक्त यान सन् २०११ मा अन्तरिक्षमा पठाइएको र अब यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ । सम्पर्कविच्छेद भएका कारण यसलाई नियन्त्रणमा ल्याउन नसकिएको हो ।

वैज्ञानिकहरुका अनुसार केही अन्तरिक्ष यानका अवशेष वायुमण्डलमै नष्ट हुने भए पनि केहीको अवशेष भने धर्तीमा खस्ने गर्दछ ।

चीनले यो यानका बारेमा अधिक जानकारी नदिएका कारण यो यानको कुन हिस्सा नष्ट हुन नसकि धर्तीमा खस्न लागेको हो भन्ने यकिन गर्न कठिन भएको वैज्ञानिकहरुले जनाएको छ । विश्वका ३८ सहर जहाँ यो यान खस्न सक्ने जोखिम भनिएको छ तिनीहरु यसप्रकार रहेका छन् ।

ताजाखबरबाट