Saturday, October 31

युट्युबबाट हटाईयो ‘उकालीमा अघि अघि’, त्यही गितलाइ गरियो यस्तो परिवर्तन (भिडियो सहित)

चलचित्र ‘कृ’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत युट्युबबाट हटाइएको छ । उक्त गीतको ठाउँमा हाइलाइट्स नेपालले ‘ढुकढुकी बढ्छ मेरो’ बोलको गीत अपलोड गरेको छ । गीतको बाँकी अंश पुरानै रहेपनि ‘उकालीमा अघिअघि’ वाक्यको ठाउँमा ‘ढुकढुकी’ राखिएको छ । अल्मोडा राना उप्रेती र सविन एकतारेको शब्द रहेको गीतमा अल्मोडा आफैंले स्वर र संगीत भरेका छन् ।

चलचित्र ‘सम्झना’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत विना अनुमती युवा स्टार अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ मा राखिएको भन्दै चोरीको आरोप लगाउँदै निर्देशक शम्भु प्रधानले प्रहरीमा जाहेरी दिए ।

हेर्नुहोस् परिवर्तन भएको गितको भिडियो