Saturday, September 26

झुण्डिएर युवतीले गरिन आत्महत्या…

बाजुुरा –झुण्डिएर एक  युवतीले आत्महत्या गरेको छन् । आत्महत्या गर्नेमा बडिमालिका नगरपालिका ७ की १८ वर्षीया कौशिला खत्री रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आइतबार दिउसो घरमा कोही नभएको बेला नजिकै रहेको पानीखाल वनमा डोरीले पासो लगाई मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीले जानकारी दिनु भएको छ ।

प्रहरी प्रमुख वलीले दिएको जानकारी अनुसार मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएको बताउनु भयो ।

मृतक महिलाका ससुरा देवी खत्रीको दुई साता अघि रुखबाट खसेर मृत्यु भएको बताइएको छ ।

-मूल्धारपोष्टबाट