Monday, October 19

प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण टोलीमा यसकारण अटाए महानायक राजेश हमाल

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाली कलाकारहरुले विदेशीहरुका सरह नेपालमा वातावरण पाउने भनेको केही दिनमा नै प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा महानायक हमाल पनि अटाउने निश्चित भएको छ ।

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा कलाकारहरुमा अभिनेता राजेश हमाल पनि रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको बताइएको छ । टोलीमा कलाकारका तर्फबाट महानायक हमाल बाहेक अन्यको टुंगो आजसाँझ मात्र लाग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

zoomnpबाट