Wednesday, September 23

नेपाली चेली बृन्दा दाहालले भारतीय रियालिटी टीभी शो ‘डान्स इन्डिया डान्स’ मा मच्चाईन डान्स धमाका (हेर्नुहोस भिडियो)

नेपाली चेली बृन्दा दाहालले भारतीय रियालिटी टीभी शो ‘डान्स इन्डिया डान्स’ मा मच्चाईन डान्स धमाका (हेर्नुहोस भिडियो)

काठमाडौं – नेपालीहरुको बाहुल्यता र सहभागीता रहँदै आएको चर्चित रियालिटी शो “डान्स इण्डिया डान्स लिटिल मास्टर्स” को चौथौँ सिजनमा दुई नेपाली बालबालिकाहरुले भारतीयसंगै जजहरुको मन पनि जितिरहेका छन् । चितवन नारायणगढकी १० बर्षीय बृन्दा दाहाल र भारत बस्दै आएका अर्का नेपाली रोसन थापाले आफनो प्रतिभा देखाईरहेका छन् ।

सफलतापुर्वक टप १६ मा पुगेका बृन्दा र रोसनमध्ये हिजो शनिबार प्रसारण भएको कार्यक्रममा चितवनकी बृन्दाले आफनो उत्कृष्ट प्रस्तुती दिएकीछिन् । “सुन साथिया” बोलको गीतमा उनले आफनो प्रस्तुती दिँदै गर्दा जजहरुले निकै प्रशंसा गरेका थिए ।

निकै आर्कषक र राम्री देखिएकी बृन्दाले डान्स र “डान्स इण्डिया डान्स लिटिल मास्टर्स” को मञ्च सम्म पुग्न निकै संघर्ष गरेकीछिन् ।बिषेशगरी आफनो बाबाबाट कुनै साथ नपाएकी बृन्दा हजुरआमाको साथ लिएर दिल्ली पुगेकी थिईन् । । यसैगरी आजको कार्यक्रममा भने रोसन थापाको प्रस्तुती रहनेछ ।

हेर्नूहोस यो भिडियो।