Friday, September 24

विजय शाहीको फर्मुला पहिलो पटक सार्बजनिक, यस्तो बुझ्दै नबुझिने फर्मुलाले यसरि उल्लु बनाएछन (हेर्नुहोस भिडियो सहित)

2021-07-26 769

विजय शाहीले अमेरिकी लेखक एवं युट्युबर नेल्सन डेलिसबाट ठगिएको बताएका छन् | अमेरिकामा मेमोरी किङ भनेर चिनिने डेलिसले कालिकोट महावै गाउँपालिका–५ का विजय शाही अरूलाई मूर्ख बनाउने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

आफूलाई मेमोरी किङ दाबी गर्ने शाहीको अनुरोधपछि नेल्सनले केही दिनअघि उनको अन्तर्वार्तासहित स्मरण शक्तिको परीक्षा लिएका थिए । भिडियो तयार हुँदासम्म शंकारहित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन थालेपछि अर्को भिडियो बनाएर शाहीलाई ‘फेक’ भनेका हुन् ।

उनले आफ्नो फेसबुक लाईभमार्फत आफुलाई अंग्रजी बिषयमा समस्या भएको र आफुले अब सुधार गर्ने समेत बताएका थिए तर त्यसपश्चात केहि बिद्यार्थी मिडियामा आए जो उनि बाट ठगिए भनेर धेरै मिडियामा आफ्ना कुराहरु पोखेका छन् | र एकजनाले उनको फर्मुला पहिलोपटक मिडियामा सार्बजनिक गरेका छन् |

सम्राट भुसाल नाम भै हाल काठमाडौँ बसोबास गर्ने गुल्मीका भाइले लेकसाइड टिभी मिडिया मार्फत फर्मुला सार्बजनिक गरेका हुन् जुन यस भिडियोमा प्रष्ट देख्न पाइन्छ र राम्ररी फर्मुला हेर्दा कुनै पनि एङ्गलले बुझ्न सकिदैन त्यो फर्मुला हेर्नुस एक्सक्लुसिभ पहिलोपटक –

 

यो पनि… बिजय शाही बाट म ठ’गीए, ‘नेपाल जस्तो सुन्दर देशले यस्ताे ठ’ग्ने व्यक्ति न’पाउनुपर्थ्याे: नेल्सन डेलिस

काठमाडौँ, ९ श्रावन । अमेरिकी मेमरी एथलेट नेल्सन डेलिसले अन्तत विजय शाहीको असली रुप पहिचान गरेका छन । नेल्सन आफै चार पटक अमेरिकन मेमरी च्याम्पियन समेत हुन् ।

केहि समय अगाडी विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्न नेपाल आएको बेला विजय शाहीको अनुरोध स्वीकारेर उनलाई भेटेपछि विजय शाही सहि हो जस्तो पाराको भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेपछि उनको उक्त भिडियो नेपाली माझ निक्कै चर्चामा आएको थियो ।

विजय शाहीसंगको अन्तर्वार्ता भनेर नेल्सनले सार्बजनिक गरेको उक्त भिडियोको धेरै नेपाली युट्युबरहरुले रियाक्सन भिडियो पनि बनाएका थिए । त्यस्तै नेल्सनले युट्युबमा राखेको विजय शाहीको भिडियो मुनि हजारौ नेपालीहरुले प्रतिक्रिया समेत दिएका थिए ।

भिडियो अपलोड गर्दा सम्म विजय शाहीमा सामान्य प्रतिभा त छ कि जस्तो सम्झेर नेल्सनले युट्युबमा राखे पनि त्यस मुनि आएको प्रतिक्रियाले नेल्सनको आखा खोलीदिएको थियो । उनको भिडियो मुनि हजारौले विजय शाही मात्र स्क्यामर हुन्, नेल्सनलाई उल्लु बनाए जस्ता प्रतिक्रियाको वर्षा भएको छ ।

नेल्सनलाइ उक्त भिडियोमा विजयले कसरी बेबकुफ बनाए भनेर धेरै युट्युबहरुले प्रमाण पनि देखाएका थिए । ति भिडियोहरु पनि नेल्सनले राम्ररी केलाएर अन्तत उनि आफु स्क्याम भएको निष्कर्षमा आएका छन । नेल्सनले आफु उल्लु बनेको भन्दै दोश्रो भिडियोमा स्वीकारेका छन ।

भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्