Sunday, October 25

घाँटी रेटी महिलाको हत्या (हेर्नूहोस भिडियो सहितको यो रिपोर्ट)

मटिहानी नगरपालिका- २ स्थित वरदाहामा हत्यापछि बेपत्ता पारिएकी स्थानिय २५ वर्षीया पुनमदेवी दासको शव फेला परेको छ ।

घरदेखि १ किमी उत्तर मटिहानी धिरापुर सडक छेउबाट जुट र प्लाष्टिकको वोरामा सेतो कपडाले बेरिएको अवस्थामा बुधबार विहान उनको शव फेला परेको हो ।

घटनास्थलबाट प्रहरी निरीक्षक केदार बस्नेतले जनाएअनुसार शवको प्रकृति हेर्दा कुटपीट र घाँटी कसेर दुई दिनअगि उनको हत्या भएको आशका छ । श्रीमान शिवशंकर साउदी अरबबाट आएदेखिनै पारिवारिक झैझगडा भइरहेको गाउँलेको भनाइ छ ।

धिरापुर प्रहरीकाअनुसार श्रीमानले कमाएर ल्याएको ५ लाख रुपैयाँ र गरगहना चोरेर भागेको भन्ने देवर फुलिन्द्र दासले २ दिनअगि मौखिक उजूरी दिएका थिए । सोही उजुरीको आधारमा पुनमको खोजी भइरहेको थियो ।

कान्तिपुर दैनिकको यो भिडियो रिपोर्ट हेर्नुहोस् :