Saturday, October 31

भारतमा बेचिएको १७ वर्ष पछि घर फर्केकी चेलीले भनिन्, मलाई बेच्नेलाई फांसी देउ (भिडियो सहित)

कञ्चनपुर-  भारतमा बेचिएको १७ वर्ष पछि एक चेली १५ वर्षको छोरा सहित घर फर्केकी छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी तारा कामी बेचिएको १७ वर्ष पछि छोरा सहित घर फर्केकी हुन् । उनले आफू घर फर्कने कल्पना समेत गरेकी थिइनन् ।

विसं २०५८ मा पन्ध्र वर्षकै कलिलो उमेरमा उनी बेचीएकी थिइन् । घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत दलालहरूले नशालु पदार्थ खुवाएर उनलाई भारत लगेर बेचेका थिए । उनलाई नशालु पदार्थ खुवाएका कारण आफु कहां छु कसरी भारत पुर्याए केही मेसो पाइनन् ।

‘यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, उनले भनिन् होशमा आउने बित्तिकै फेरी नशालु सुई लगाइहाल्थे ।’ ३२ वर्षीया ताराले भनिन्, “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन ।’ उनलाई राखिएको कोठामा कार चढेर मानिसहरु आउँथे । उनलाई भोग्न आउनेहरुले एक हातमा पैसा दिन्थे अनि उनको हात समात्थे । चार पाँच ठाउँमा मलाई यसैगरी बेचे, उनले भनिन् ।’

‘डेढ वर्षको उनको नारकिय जीवन सम्झिसक्नु छैन । मेरो आंखा कहिल्यै ओभाइनन्, डेढ बर्ष सम्म रोइ नै रहेँ, रोएको कसैले सुनेनन्, उनले भनिन् नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन ।’ उनले के बोल्दैछु, कहाँ हिँड्दैछु भन्ने कुरा अहिले पनि राम्रोसंग थाहा नपाउने बताइन् ।

भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि भने उनको जीवनले कोल्टे फेर्यो । उनी सिंहसंग घरजम गरेर बसीन् । अहिले उनको १५ वर्षको छोरा छ ।

उनलाई आफ्नो जन्म घरको नाम सिसैया झलारी नेपाल भन्ने मात्र थाहा थियो । तर त्यो कहां पर्छ कसरी त्यहां पुग्ने भन्ने केही थाहा थिइन । आफुले जन्माएको छोराको सहाराले अहिले उनी जन्मघर आइपुगेकी छन् । , ‘छोरोले गुगल म्याप हेर्दै आफ्नो घर पत्ता लगाएका हुन् । छोराले गुगलको सहायताले यहां सम्म ल्यायो, अन्य नेपालीहरुले पनि सहयोग गरे’ उनले भनिन् ।

‘यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ’ उहाँले गहभरि आँशु पार्दै भनिन्, उनले आफुलाई बेच्ने दलाललाई फासीको सजाय दिनुपर्ने माग गरिन् । “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।’

घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनले बताइन् ।

भिडियो हेर्नूहोस

ताजाखबरबाट