Friday, September 25

सुर्खेत बासीलाई आयो अहिले सम्मको ठुलो खुसिको खबर …..

सुर्खेत । बुद्ध एयरले सुर्खेत-काठमाडौं सिधा उडानका सफल परीक्षण गरेको छ ।

कर्णालीप्रदेशको राजधानीलाई सिधा काठमाडौंसँग जोड्नका लागि ९एन-एआईएन कल साइनको बुद्ध एयरले जहाजले परीक्षण उडान गरेको हो ।

नियमित उडानको परीक्षणका लागि क्याप्टेनद्वय रञ्जनकुमार शर्मा र आङ्गेलो शेर्पा लगायतको प्राविधिकसहितको टोलीले परीक्षण उडान गरेका हुन् ।

क्याप्टेनले दिएको जानकारी अनुसार परीक्षण उडान सफल भएको छ । उनीहरुका अनुसार ४७ सिट क्षमताको जहाज उडान भर्नाका लागि सुर्खेत विमानस्थल उपयुक्त छ ।

सुर्खेत-काठमाडौं हवाई सेवाको सफल परीक्षण, ४६ सिटे विमानले उडान भर्न सक्ने

४७ सिट क्षमता भएको जहाजको परीक्षणपछिको प्रतिबेदन तयार भएपछि मात्रै नियममित उडान भर्ने बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले दिएको जानकारी अनुसार परीक्षण अबको हप्तादिनभित्रै प्राविधिक टोलीले प्रतिवेदन तयार पारेपछि मात्रै नियमित उडान भर्ने छ ।

यात्रु संख्याको आधारका साढे ६ देखि ७ हजारसम्म भाडा तय गरिने छ ।

यात्रुसंख्याको चाप बढ्दै गएको खण्डमा भने एकदिनमै २/३ उडान भर्न सक्ने बुद्ध एयर जनाएकोे छ ।

परीक्षण उडानका लागि प्रदेश ५ को नेपालगञ्जदेखि करिब १० बजे जहाज सुर्खेत अबतरण गराइएको थियो । अबको केही दिनमै सुर्खेत-काठमाण्डौं सिधा हवाई उडान सुरु हुने छ ।

जहाजलाई स्वागत गर्ने प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालयागत विमानस्थल पुगेको थिए ।

त्यस्तै सुर्खेतस्थित उद्योग वाणिज्य संघका पदाधिकारीहरु, होटल व्यवसायीहरुले पनि चालकदलका सदस्यहरु र क्याम्पटेनलाई स्वागत गरेका थिए ।
स्रोत-अनलाइनखबर