Wednesday, October 21

साइलीका गायक हेमन्त रानाले उदितनारायण झाको आवाजमा साइली गीत गाएपछि… (भिडियो)

गायत हेमन्त रानाको गीत ‘साइली अत्याधिक चर्चामा रह्यो। कालिप्रसाद बास्कोटा र हिमाल साउदको शब्द रहेको यो गीतमा संगीत कालिप्रसाद बास्कोटाको रहेको छ।

वैदेशिक रोजगारीमा रहेको नवविवाहिता जोडीको विछोडको पिडालाई समेटिएको साइली गीतलाई खास गरेर विदेशमा रहेका लाखौ नेपालीहरुले अत्याधिक मन पराएका थिए।

गीत चर्चित बनेपछि गायक हेमन्त रानाको व्यस्तता पनि अति नै बढेको छ। देश-विदेशमा कन्सर्ट गरेर भ्याइनभ्याई छ। कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’ मा सन्दिप क्षेत्रीसँग रानाले रमाईलो कुराकानी गरे।र आफ्नो चर्चित गीत पनि सुनाए।

रानासँगको कुराकानी तलको भिडियोमा हेर्न सकिन्छ