Wednesday, June 7

यी हुन् प्रह, रीका छोरीहरु, जस्ले बुवालाई बचा,उँन आमाको मृ ’त्यु सुना एनन्

2021-07-29 837

संक्रमणबाट आमाको मृत्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकिरियामा बसेका छन्। संक्रमणबाट ४३ वर्षकी इन्दिरादेवी नरालको मृत्यु भएपछि उनका छोरीहरू १९ वर्षीया अर्चना, १७ वर्षीया अर्पना र १४ वर्षीया आशिका अहिले काजकिरियामा छन्। छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने रुढीवादी परम्परा बदल्न अर्चना र अर्पनाले त कपाल मुण्डन पनि गरेका छन्।

तीन दिदिबहिनी आमाको इच्छा पूरा गर्न छोरासरह काजकिरियामा बसेको बताउँछन्। ‘हामीलाई आमाले सानैदेखि छोराछोरी बराबरी हो भन्नुहुन्थ्यो’, अर्चनाले भनिन्, ‘आमाले छोराछोरीबीच कहिल्यै विभेद सिकाउनुभएन, छोराले गर्ने काम तिमीहरूले पनि गर्न सक्छौं भन्नुहुन्थ्यो, आमाबुबाका लागि छोराछोरी नै हामी तीनजना हौं।’ कान्छी छोरी आशिकाले आमाले आफूलाई कपाल नखौरिनु है भनेकाले नकाटेको बताइन्। उनी पनि दिदीहरूसँगै किरियामा छिन्।

‘जेठी छोरी अर्चनालाई जेठको तेस्रो साता . संक्रमण भयो’, बुवा गणेशप्रसाद नरालले भने, ‘त्यसपछि पत्नी, म र परिवारका सबै संक्रमित भयौं।’ उनले असार १ गते पत्नीलाई उपचारका लागि गोरखा अस्पताल लगेका थिए। जिल्लामा उचार सम्भव नभएपछि इन्दिरालाई प्रहरी अस्पताल काठमाडौं लगिएको थियो। ‘पत्नीलाई कोभिड भएको थियो, सास फेर्न गाह्रो भएको थियो, शरीरमा अक्सिजन पनि कम थियो’, गणेशप्रसादले भने, ‘भेन्टिलेटरमा राखेर उपचार थालियो, असार ३ देखि म पनि बिरामी परें।’ दुवैजनालाई भेन्टिलेटरमा राखियो। जेठी छोरी अर्चना बुबाआमाको रेखदेखमा लागिन्। आमा गुमाइसक्दा पनि उनले बुवालाई बचाउन मृत्युको खबर सुनाइनन्। ‘बुवाआमा दुवैलाई .ले च्या’प्दै थियो’, अर्चनाले भनिन्, ‘अन्ततः असार ६ गते हामीले ममीलाई गुमायौं।’ पत्नीको मृत्यु हुँदा पति गणेशप्रसाद भेन्टिलेटरमा थिए।

गणेशप्रसाद भुतपूर्व प्रहरी हुन्। उनले उपचारमा केही सहज हुने भन्दै पत्नीलाई प्रहरी अस्पताल लगेका थिए। अस्पताल गएपछि उनी पनि संक्रमित भए। त्यसबीचमा दुई छोरीलाई पनि कोभिड संक्रमण भयो। ‘परिवारलाई नै . भएपछि निकै चिन्ता भयो’, गणेशप्रसादले भने, ‘रिपोर्ट नेगेटिभ आए पनि अझै कमजोर महसुस भइरहेको छ।’ आमाको मृत्यु असार ६ गते भए पनि बुबा अस्पतालमा भएको र आफूहरू पनि संक्रमित भएकाले निको भएपछि मात्र किरियामा बसेको अर्चनाले बताइन्। उनीहरू आमाको किरियामा बसेको मंगलबार सात दिन भयो। उनीहरूले १३ दिनसम्म किरिया बस्ने बताए। यो समाचार नागरिक दैनिकमा नरहरी सापोकटाले लेखेका छन् ।’

प्रतिकृया दिनुहोस्