Thursday, October 1

​प्रधानमन्त्री ओली नयाँदिल्लीमा, ओलीका लागी भारतले आफ्नो परम्परा नै टोड्यो !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइसकेका थिए ।

यसअघि भारतीय विदेशराज्यमन्त्रीले स्वागत गर्ने भारतको परम्परा रहे पनि यसपटक भने प्रधानमन्त्री ओलीको स्वागतका लागि भारतले वरिष्ठ मन्त्रीलाई विमानस्थल पठाएको छ ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।