Thursday, October 29

प्रधानमन्त्री ओलीसँगै महानायक हमाल र निर्देशक डिसी भारतमा

३ दिने राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसँगै अभिनेता राजेश हमाल र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी पनि भारत पुगेका छन्।

नेपालको सिंगो चलचित्र, कला र संस्कृतिको प्रतिनिधित्व गर्दै महानायक हमाल र दिनेश डिसी प्रधानमन्त्रीसँगै भारत भ्रमणमा गएका हुन्।

भ्रमणको पूर्वतालिका अनुसार शनिबार साँझ प्रधानमन्त्री ओलीसँगै हमाल र डिसीले बलिउडका चर्चित कलाकारसँग डिनर गर्ने कार्यक्रम छ। भ्रमण टोली अन्तर्गत हमाल र डिसीले नेपाली चलचित्र क्षेत्रको विषयमा बलिउड कलाकारलाई शनिबार साँझ नै जानकारी गराउने छन्। त्यससँगै २ देशको कला, संस्कृति र फिल्मक्षेत्रका विषयमा पनि छलफल हुनेछ।

नेपालका कुनैपनि प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणका क्रममा नेपाली चलचित्रकर्मीको सहभागिता भएको यो नै पहिलो अवसर हो। यसै क्रममा दिनेश डिसीले आफुलाई नेपाल सरकार तथा प्रधानमन्त्री केपी शर्माओलिले भारत भ्रमणका लागि योग्य ठानेकोमा सामाजिक सञ्जालमार्फत खुशि व्यक्त गरेका छन्।
प्रधानमन्त्रीसहितको भ्रमण टोली आइतबार स्वदेश फर्किने छ। नेपाललाईभ