Tuesday, October 20

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीओलीलाई स्वागत गर्दै, नेपाली भाषामै ट्वीट गरेपछि परे सबै तीन छक्क (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

तीन दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्माले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दै छन्। शुक्रबार नै वान टु वान वार्ता गरेका दुई देशका प्रधानमन्त्री ओली र मोदीले आज औपचारिक भेटवार्ता गर्न लागेका हुन्।

शुक्रबार ओलीसँग भेटवार्ता गरेका तस्वीर ट्वीट गरेका मोदीले फेरि आज बिहानै नेपालीमा ट्वीट गर्दै ओलीको स्वागत गरेका छन्। उनले नेपाली भाषामै ट्वीट गर्दै लेखेका छन्, छिमेकी मित्र राष्ट्र नेपालका प्रधानमन्त्री माननीय ओली ज्यूलाई भारतमा हार्दिक स्वागत ।

भारतीय नाकाबन्दीपछि तत्कालीन प्रधानमन्त्री ओलीले भारतसँगको एकाधिकार तोड्न चीनसँग सम्बन्ध बढाएपछि नेपालसँगको व्यापारिक एकाधिकार आफ्नो हातबाट फुस्किएको भन्दै त्यहाँका प्रधानमन्त्री मोदीको चर्को आलोचना समेत भएको थियो। यो पटक उक्त अवसर आफ्नो हातबाट फुस्किन नदिन मोदीले ओलीलाई फकाउन सक्दो प्रयास गरिरहेका छन्।