काठमाण्डौं/ हामीले सानैदेखि जिरे खुर्सानीमा देख्दै आएको ‘जिरे’, अहिले ठुलो भए । इशान राउत फेरी कलाकारितामा फर्केका छन् तर ठुलो भएपछि अभिनय देखाउने उपयुक्त थलो र मौका इशानले पाएका छैनन् ।
‘सानै भैरहेको भए मैले काम पाउँथे होला’ भन्ने गुनासो उनलाई छ । २१ बर्षका उनले सानोमा सँगै काम गरेका आदरणिय कलाकारहरु मह जोडी, राजेश हमाल, बिराज भट्ट लगायत अन्य धेरै कलाकारहरुलाई उनले ठुलो भएपछि भेट्न पाएका छैनन् ।
इशान भन्छन्, मलाई मैसँग प्रतिस्पर्धा छ । सानो जिरे र अहिलेको जिरे बिचको प्रतिस्पर्धामा आफुले जहिले अहिलेको त पहिलेको भन्दा नराम्रो भएछ, अभिनय पनि पहिलेकै राम्रो थिया् भन्ने कमेन्ट पाएको उनी बताउँछन् ।
धेरै चलचित्र र सिरियलहरुमा अभिनय गरेका इशानलाई बिचमा निकै गाह्रो भयो । बिस्तारै काम पाउन छोडेपछि उनीरोएका थिए ।
शिशिर भण्डारीसँगको जिरेको कुराकानीको भिडियो हेर्नुस्
प्रतिकृया दिनुहोस्