Tuesday, September 29

रोजगारीमा साउदी पुगेका नेपालीहरु सामान्य गल्तीमा पनि आजिवन जेल सजाए काट्न बाध्य – हेर्नुहोस आजको सिधाकुरा जनतासंग कार्यक्रमको पूर्ण भिडियो

काठमाडौँ । बैदेशीक रोजगारीमा साउदी अरेबीया पुगेका नेपालीहरु त्यहाँको सामान्य नीति नियम र कानुनको बारेमा जानकार नहुँदा सामान्य गल्तीमा पनि आजिवन जेल सजाँए काट्न बाध्य छन् ।

इलामको माइ नगरपालिका ४ का ३१ बर्षीय प्रेम बहादुर राई आफैले काम गर्ने कम्पनीमा ९० लाख रुपैँया बुझाउन नसकेपछि अहिले उनि मालिस जेलमा छन् । उनका परिवार प्रेमलाई नेपाल फर्काईदिन गुहार माग्दै विभिन्न निकायमा धाइरहेका छन् ।

कम्पनीको गाडी रोकेर निस्कीएको बेलामा गाडी हराएको र गाडीमा रहेको सबै सामान हराएको भन्दै कम्पनीले उनिविरुद्व अदालतमा मुद्धा हालेको थियो । अदातले सार्वजनिक मुद्धामा २ बर्ष जेल र ५० कोर्रा पनि खाई सकेका उनलाई पुनः अदालतले सामानको क्षती पुर्ति स्वरुप ९० लाख तिर्नुपर्ने फैसाला गरेको छ । यत्रो पैसा न उनको गाँउको पाखो बारी बेचेर आउँछ न आँफ सँग छ ।

यस्तै गोरखा भिमसेन गाँउपालिका ७ का कुमार राना मगरको अवस्था पनि यस्तै छ । साउदीमा उनले चलाएको गाडी दुर्घटना भएपछि अर्को गाडीका एक अरेबियन नागरीक घाइते भएका थिए । अहिले अदालतले उनलाई अरेबियन २ लाख ९४ हजार अर्थात नेपाली ८० लाख रुपैया क्षती पुर्ति तोकेको छ ।

गोरखाका गाँउमा रहेका उनका परिवारको आर्थिक अवस्था ८० लाख चुक्ता गर्न सक्ने अवस्था छैन । अहिले दैनिक उनलने श्रीमती अम्बिका रानालाई फोन गर्छन र आँफुलाई नेपाल फर्काउन विभिन्न निकायमा गुहार्न लगाँउछन् । तर उनको कुरा सुन्ने कोही छैन ।

एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा १२ वर्षदेखि साउदी कारागारमा रहेको धनुषाका उमेश यादवको अवस्था पनि पिडादायी छ । साउदीको जिलादीन कम्पनीमा कार्यतर उनि पाकिस्तानी एक व्यतmीको हत्यामा संलग्न भन्दै साउदी अरेवीया को अदालतले फाँसीको सजाए सुनाएको छ ।

पाकिस्तानी नागरीकका परीवारले आममाफी दिएको अवस्थामा उनि नेपाल फर्किन सक्छन् तर पाकिस्तानी परिवारले आममाफी दिन ७० लाख रुपैँया मागीरहेका छन् । उमेशका वृद्ध बाबु आमा र एक श्रीमती सहित २ छोरा उनी फर्कीने आशमा सबैसँग याचना गरिरहेका छन् ।

इलामका प्रेम बहादुर राइ र गोरखा भिमसेन कुमार राना मगर प्रतिनिधी पात्र मात्रै हुन । उनिहरु जस्तै धेरै नेपाली अहिले पनि साउदीका जेलमा ७ लाख देखि १ करोड रुपैयाँ सम्म जरीवाना रकम भुक्तान गर्न नसकेर जेलमै जिवन बिताउँन बाध्य छन् ।

तर यस अघि अनिश खालिङ र रामचन्द्र तिमिल्सीनालाई जेलबाट उद्धार गरी नेपाल फर्काउन विभिन्न देशमा रहेको नेपालीहरुले ठुलो रकम संलकन गरेको थिए । उनिहरु अहिले नेपाल फर्किसकेका छन् । अनिश खालिङ र रामचन्द्र तिमल्सीनाको नाममा उठे र प्रयोग भएको रकम अन्य नेपालीहरुको लागि भने प्रयोगमा आउन सकेको छैन । तत्कालीन समयमाय खोलिएका प्रतिष्ठान र अभियानकै नाममा अहिले पनि उतm रकम रहेको बुिझएको छ ।

 

भिडियो हेर्नुहोस्