Sunday, September 27

सिमिकोट एयरपोर्टमा मकालु एयर जहाज दुर्घटना, यस्तो छ अवस्था (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

सिमकोट, २५ चैत । हुम्लाको सिमिकोट एयरपोर्टमा मकालु एयर जहाज दुर्घटनाबाट बचेको छ ।सिंगल इन्जिन मात्र भएको जहाज आइतबार बिहान पौने १० बजे सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा थियो ।

तर, उड्न लागेकै बेला हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि जहाज दुर्घटनाबाट बचेको हो । जहाजमा ९ जना यात्रु थिए ।

१५ मिटर गुडिसकेको जहाज क्याप्टेन किरण भट्टराईले अचानक रोकेका थिए । त्यसलगत्तै मकालु एयरका स्थानीय कर्मचारी र अन्य यात्रुले धकेलेर पार्किङ्ग गरेर राखिएको मकालु एयर सिमकोटका प्रमुख लोकन्द्र रावतले जानकारी दिए ।

हाइड्रोलिक लिक भएपछि जहाजलाई सिमकोट विमानस्थलमै थन्काएर राखिएको सिमकोट विमानस्थलका निमित्त प्रमुख राजु महतोले जानकारी दिए । जहाज मर्मतका लागि सुर्खेतबाट इन्जिनियर झिकाइने भएको छ ।-लाइवनेपाल