Monday, March 30

धरौटीमा जेलबाट छुटे कलाकार राजेन्द्र खड्गी

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार राजेन्द्र खड्गी धरौँटीमा छुटेका छन् ।

उच्च अदालत, पाटनले अभियोग बदर गरेपछि उनी रिहा भएका हुन् । न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो ।

योसँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् । यसअघि १८ फागुनमा उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले फैसला सुनाएको थियो ।

तर, खड्गी मुलुकी एेन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए ।

सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । फर्किने बेलामा भने दुई जना मात्र नेपाल आएका थिए ।
:-news24nepal.tv