Friday, December 6

साउदीको जेलबाट प्रेम राईलाई छुटाउन ६९ लाख जुट्यो … पुरा बिबरण सहित हेरेर सक्दो शेयर गरौ …

इलाम , चैत्र – ‘अब चाहिँ श्रीमानको अनुहार देख्न पाउँछु कि भन्ने लागेको छ,’ इलामकी सरिता राईले भन्नुभयो । साउदीमा जेल परेका श्रीमान प्रेमबहादुर राईले नेपाल फर्किन तिर्नुपर्ने ९५ लाख रुपैयाँ क्षतिपूर्ति बापतको रकम जुट्न थालेपछि उहाँलाई श्रीमान् फर्काउन सक्छु भन्ने आशा पलाएको छ ।

प्रेम बचाऊ अभियानबाट ६९ लाख रकम संकलन भएको छ । प्रेम बचाऊ अभियान मूल समितिद्वारा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखाको खातामा २५ लाख, कृष्ण कँडेलद्धारा सञ्चालित कार्यक्रम इन्दे्रणी मार्फत ३० लाख, गल्फ कन्ट्रि भातृ संगठन जिफण्टमार्फत ९ लाख र प्रेमका दाइ चक्रबहादुर राईको संयोजकत्वमा चलाईएको प्रेम बचाऊ अभियान

कुवेतमा ५ लाख रकम संकलन भइसकेको प्रेम बचाऊ अभियान मूल समिति काठमाडौंकी अनिता राईले जानकारी दिनुभयो ।
प्रेमलाई नेपाल फर्किनका लागि झण्डै ९५ लाख रुपैयाँ तिर्नुपर्छ । पैसा नतिरी जेलबाट छुट्न नपाउने भएपछि अहिले देश तथा विदेशमा प्रेम बचाऊ अभियान सुरु भएको छ ।
प्रेम कसरी जेल परे

प्रेमबहादुर राई(राजु) सन् २०१२ जुन १२ मा क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी जानुभएको हो । साउदीमा अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको चलाउनुहुन्थ्यो । सन् २०१५ सेप्टेम्बर ४ मा प्रेम घरविदामा पनि आउनुभएको थियो ।

बिदा सक्काएर १ जनवरी २०१६ मा उहाँ साउदी फर्किनुभयो । घरबाट फर्किएको दुई महिनामै प्रेमले चलाएको गाडी हरायो । रियादको जनदियाको पार्किङमा गाडी रोकेर प्रेम साथी भेट्न जानुभयो । साथी भेटेर फर्किदा उहाँले गाडी पार्किङमा भेट्नुभएन ।

घट्नास्थल प्रेमको कम्पनी भन्दा १० किलोमिटर टाढा हो ।हराएको गाडी साउदीको रोमा भन्ने स्थानमा दुई दिन पछि भेटियो तर तोडफोड भएको अवस्थामा । गाडीमा बोकेको सामान पनि थिएन । सिसा फुटेको र सामान हराएकोमा प्रेमलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिइएको थियो ।सजाय सक्काएर घर फर्किने तयारी रहेका प्रेमलाई कम्पनीले फेरि आफूले दिएको निर्देशन तथा बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दावी गर्‍यो । त्यसपछि अदालतले तीन लाख १० हजार रियाल अर्थात झण्डै ९५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनायो ।प्रेमसँग न क्षतिपूर्ति तिर्ने पैसा थियो नत निर्दोष छु भनेर सावित गर्ने कुनै आधार । जिपिएस प्रणालीमार्फत बाटो पछ्याउँदै गाडी कुद्ने भएपनि प्रेम निर्दोष सावित हुन सक्नुभएन ।

घर फर्किन विमानस्थल पुगेका प्रेमलाई विमानस्थलबाटै पक्राउ गरिएको सरिता राईले बताउनुभयो ।

क्षतिपूर्ति नतिरी घर फर्किन नपाउने भएपछि प्रेम साउदीको जेलमै हुनुहुन्छ । देश विदेशबाट उहाँलाई नेपाल फर्काउनका लागि रकम जुटिरहेको छ ।

श्रीमानलाई नेपाल फर्काउछु भन्ने आशा पलायो६९ लाख रुपैयाँ उठेपछि सरितालाई श्रीमान् फर्किआउने आश पनि बढेको छ । बाँकी २६ लाख रकम रुपैयाँ संकलनमा सबैले सहयोग गर्नेमा उहाँ विस्वस्त पनि हुनुहुन्छ । फर्किआउलान भन्ने आश पलाएपनि पैसा जम्मा भइसक्दा श्रीमानको स्वास्थ्य कस्तो हुने हो भन्ने चिन्ताले सरितालाई साताएको छ ।

जेल परेपछि खुट्टा पनि चल्न छाड्यो रे, ढाड दुख्छ मात्रै भन्नुहुन्छ फोनमा खै कस्तो भएर फर्किनुहोला, जस्तो भएपनि हामी सास कुरीरहेका छौ,’ सरिताले भन्नुभयो ।

‘भोको पेटमा होस् तर श्रीमानको साथ होस, उहाँकै साथमा बाँकी जीवन काट्न पाउँ,’ सरिता भन्नुहुन्छ । उहाँ दुई सन्तानलाई काखी च्यापेर पैसा जुटाउन दौडधुप गरिरहनुभएको छ । सरिता भन्नुहुन्छ, ‘अब त गिट्टी कुटेर पाल्छु, तर कहिल्यै विदेश पठाउँदिन । तनहुँखबरडटकममा समाचार छ |