Monday, September 28

सरोजले आस्मालाइ स्टेजमै यस्तो गरेपछि (भिडियो सहित )

काठमाडौँ। ‘कार्टुन्ज क्रु’ नेपालकै चर्चित डान्स ग्रुप हो। उक्त डान्स ग्रुपद्वारा अभिनीत सबै गीत निकै नै लोकप्रिय हुने गर्छन्। कीर्तिपुरमा बस्ने केही युवा मिलेर नृत्य समूह सुरु गरे, ‘ब्वायज अफ कीर्तिपुर’ । केही वर्षपछि यसका सदस्य अन्यत्र गए । संस्थापक मध्येका सरोज अधिकारीको पहलमा सन् २०१० मा सुरु भयो कार्टुन्ज क्रु ।

 

टेलिभिजनमा कार्टुन हेर्दा जति रमाइलो हुन्छ, त्यही अनुभूति सबैले गरून् भन्ने उद्देश्यले समूहको नाम ‘कार्टुन्ज क्रु’ जुराएको हो । सुरुमा बी बोइङमात्रै गर्दै आएको यो समूहले सन् २०११ मा भएको राष्ट्रव्यापी बी बोइङ प्रतियोगितामा जितेर भारतको चेन्नईमा ‘ब्याटल अफ द इयर’मा भाग लिने अवसर पायो । त्यसपछि यो डान्स ग्रुप धेरै नै चर्चित हुन पुग्यो।

प्रस्तुत छ कार्टुन्ज क्रु’को रमाइलो प्रस्तुती।