Friday, September 18

फेरी ठुलो घुस रकमसहित कार्यकारी अधिकृत र इञ्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

सोमबार राति ८ बजे अख्तियारको टोलीले उनीहरुलाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँ महानगरपालिकाको वडा नं ३ को कार्यालय नजिकै घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता दिर्घराज मैनालीले जानकारी दिए ।

अख्तियारले उनीहरुको साथबाट ५ लाख नगद र दुर्इ थान सवारी साधनसमेत नियन्त्रणमा लिएको जनाएको छ । नयाँ पत्रिकामा खबर छ |-तस्बिर/गोगुल