Sunday, September 20

केरुङबाट काठमाडौं रेलमार्गको रेल विभागले निकाल्यो लागत खर्च, भारतबाट रेल काठमाडौं आउन अझै यति बर्ष लाग्ने (एक अध्यन)

केरुङबाट काठमाडौं रेलमार्गको रेल विभागले निकाल्यो लागत खर्च, भारतबाट रेल काठमाडौं आउन अझै ६ बर्ष लाग्ने

चिनसंग जोडिने गरी निर्माण गरिने भनिएको रेलमार्गको लागत खर्च रेल विभागले तयार पारेको छ । विभागले तयार पारेको रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन अनुसार केरुङबाट काठमाडौंसम्म करिब ७५ किलोमिेटरको रेलमार्ग बनाउनु पर्ने उल्लेख छ । यस्तै, काठमाडौंबाट पोखराको दूरी झण्डै १८७ र मुग्लिनबाट लुम्बिनीसम्म करिव १४० किलोमिटरको रेलमार्ग निर्माण गर्नुपर्ने देखिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । रेल विभागले रेलमार्ग निर्माण गर्दा लाग्ने लागत पनि निकालेको छ ।

लागत अनुसार पहाडी क्षेत्रमा निक्कै ठुलो रकम खर्च हुने छ भने तराईका भागमा त्यसको आधा भन्दा पनि कम खर्च लाग्ने देखाएको छ । इन्जिनियर उपाध्यायका अनुसार केरुङबाट काठमाडौं प्रतिकिलोमिटर करिव ४ अर्ब ५० करोड, काठमाडौंबाट पोखरा करिव ३ अर्ब रुपैया प्रतिकिलोमिटर लाग्ने देखिएको जानकारी दिनुभयो । चितवन हुदै लुम्बिनी जाने रेल भने केही भाग समथर जमिनमा पर्ने भएकाले मुग्लिनबाट चितवनसम्म करिव ३ अर्ब रुपैया र त्यहाबाट लुम्बिनीसम्म करिव एक अर्ब २५ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

यो खर्च प्रारम्भिक भएकाले परियोजनाले ठोस आकार लिएपछि त्यसमा निर्माण गर्नुपर्ने सुरुङ जस्ता पक्षले लागतमा फेरबदल आउन सक्ने बताइएको छ । यसैविच, विभागले भारतको रक्सौलबाट काठमाडौं ल्याउने रेल कार्यतालिका अनुसार काम भए ६ वर्ष लाग्ने बताएको छ । एक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन डिपिआर बने अबको ६ वर्षभित्र सो रेल काठमाडौं आईपुग्ने जानकारी दिएको छ ।-गोर्खालीखबर