Saturday, September 26

नेपालगन्ज स्थित जमुना भन्सार कार्यालयका कर्मचारी खुलेआम घुस लिन्छन्- हेर्नुहोस् भिडियोमा

नेपालगंज । नेपाल भारत सिमामा रहेका भन्सार कार्यालयहरुमा कसरी भन्सारका कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरु पैसा उठाउँछन् त्यो देखाउँदै आएका छौं ।

फेरी हाम्रो टिम बाँकेको नेपालगञ्ज स्थीत जमुना भन्सार कार्यालय पुग्दा भन्सारका कर्मचारीहरु भारतबाट आउने सामान बापत पैसा लिईरहेका थिए ।

आइतबार जमुना नाकामा पुग्दा यो अटोरिक्सामा भारतबाट सामान भित्रिदै थियो । हामीले यो रिक्सालाइ फलो ग¥यो ।
जमुना नाकाको यो गेट अघि यो रिक्सा रोकियो । हामीले केही सोधखोज गर्दा भन्सारका कर्मचारीले दिने पैसा मागे ।
यसपछि यी चालकले यी भन्सार कर्मचारीलाई भेटे । यो क्षेत्र सीसी क्यामेराको निगरानी भएको हुनाले यी कर्मचारी र चालकबिच कुनामा यसरी पैसा लिनेदिने कारोबार भयो ।

यो कारोबार गरीरहेका भन्सारका कर्मचारी पृथवी जंग मल्ल हुन । हामीले उनलाई केही सोध्न खोजेपछि उनले फेरी जसरी पैसा लिएका थिए त्यसरी नै यी चालकलाई पैसा पिर्ता गरे र हामीलाई खाली हात देखाए ।

हामी फेरी चालकलाई सोध्यौ, उनले पैसा फिर्ता गरेका रहेछन् र चालकले समेत आँफुहरुलाई अप्ठ्यारो पर्ने भन्दै नखिच्न अनुरोध गरे ।

उनले हामी पत्रकार भएको थाहा पाएपछि नजिकको चियापसलमा बोलाए र हामीलाइ नै प्रलोभनमा पार्न खोजे । उनले हामीलाई मोबाइलमा रिजार्च गरिदिन लागे ।

र उनले आँफुले गल्ती गरेको स्वीकार गर्दै माफी मागे र भिडियो डिलीट गर्न लगाए । यसरी जमुना नाकामा भारतबाट साना सवारी साधानमा सामान भित्रिने र त्यसको राजश्व राज्य कोषमा नभई कर्मचारीको खल्तीमा जानेको गरेको पुष्टी हुन्छ ।

पुरा भिडियो हेर्नुहोस्

स्रोत:-न्युज२४नेपालबाट